स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका सहकारीहरुको अवस्था विश्लेषण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका सहकारीहरुको अवस्था विश्लेषण

काठमाडौं । स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका सबै प्रकृतिका सहकारीहरुको अवस्था विश्लेषणको काम सम्पन्न भएको छ । नेफ्स्कूनले स्थानीय निकायहरुसँगको समन्वयमा सबै प्रकृतिका सहकारीहरुको अवस्था विश्लेषण, प्रोफाइल तयारी, आवश्यक तालिम, शिक्षाका कार्यक्रमहरुसँगै सक्षमता विकास र उद्यमशिलता प्रवर्धन लगायतका क्षेत्रमा सहयोग गर्ने उद्देश्यसहित लागू गरेको आधारशिला कार्यक्रम अन्तर्गत कालिगण्डकी गाउँपालिकाका सहकारीहरुमा जागरणको प्राथमिक चरणको काम सम्पन्न भएको हो ।

हाल स्याङ्जामा रहनुभएकी स्नेफ्स्कूनकी कार्यक्रम अधिकृत रीता सुवेदीका अनुसार कालिगण्डकी गाउँपालिकाभर कुल १८ वटा सहकारी संस्थाहरु रहेको पाइएको छ । ती संस्थाहरुको अवस्था, सदस्य संख्या, कारोबार, ऋण लगानी, कार्यालय व्यवस्थापन, कर्मचारी, सञ्चालक समिति, साधारण सभा आदि विषयमा सम्पूर्ण जानकारी अद्यावधिक गर्ने काम सम्पन्न भएको छ । विभिन्न सूचकहरुका आधारमा उनीहरुको वस्तुस्थिति अध्ययनको पहिलो चरण सम्पन्न भएको नेफ्स्कूनकी कार्यक्रम अधिकृत सुवेदीले जानकारी गराउनुभयो । कालिगण्डकी गाउँपालिकासँग २०७८ माघ ८ गते आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता भएको थियो । तथ्याङ्क र सूचना संकलनको पहिलो चरणको काम सम्पन्न भएसँगै अब चाँडै दोस्रो चरणको काम सुरु हुने सुवेदीले बताउनुभयो । पहिलो चरणको जागरण कार्यक्रमसँगै विकास, प्रवर्धन र सञ्जालीकरण गरी ४ चरणमा आधारशिला कार्यक्रमलाई विभक्त गरिएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप