मरिण गाउँपालिकाको आयोजनामा सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मरिण गाउँपालिकाको आयोजनामा सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । सिन्धुलीस्थित मरिण गाउँपालिकामा सञ्चालित सहकारी प्रतिनिधिहरुका लागि सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । मरिण गाउँपालिकाको कार्यालय सिन्धुलीद्वारा आयोजित तालिमको उद्घाटन गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले गर्नुभएको थियो । 

कार्यक्रममा वोल्दै बम्जनले मरिण गाउँपालिका भित्रका सहकारी संस्थाहरु एकीकरणमा आउनुपर्नेमा जोड दिनुभएको थियो । संख्यात्मक भन्दा पनि गुणात्मक रुपमा सहकारी हुनपर्नेमा जोड दिंदै अध्यक्ष बम्जनले मरिण पालिकाका एउटा वडामा एक प्रकृतिको एक मात्र सहकारी सञ्चालनमा रहने हो भने पालिकाको तर्फवाट प्रति सहकारी एक करोड सहयोग गर्न सकिने प्रतिबद्धता व्यक्त गर्नुभयो । समृद्ध मरिण बनाउनका लागि सहकारी अभियानको सुदृढीकरण गरि कृषि उत्पादन, दुग्ध उत्पादन, बचत तथा ऋण, उपभोक्ता, जुनार, जडीवुटी, बहुउद्देश्यीय जस्ता ७ विधाका  सहकारी फरक वडामा फरक प्रकृतिको संस्थाको संस्थागत विकास गरि जिल्लाकै उदाहरणीय  बनाउन पालिका कटिवद्ध भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

कार्यक्रममा वोल्दै जिल्ला सहकारी संघ सिन्धुलीका महासचिव तथा मरिण गाउँपालिका स्तरिय सहकारी सञ्जालका संयोजक एवं तालिमका प्रशिक्षक नवराज कोइरालाले मरिणमा रहेका सहकारी संस्थाहरुको विकासका लागि तालिम पाहिलो आवाश्यकता रहेको बताउनुभयो । ४ दिवसीय तालिममा पालिका स्तरका १९ सहकारी संस्थाहरुका सञ्चालक तथा व्यवस्थापकहरुलाई सहकजीकरण गर्दै कोइरालाले साना साना आकारमा रहि सदस्यको सन्तुष्टी दिन नसकी सञ्चालनमा  रहनु भन्दा सदस्यको वित्तिय समाधानका लागि एकीकरण नै उपयुक्त माध्यम रहेको बताउनुभएको थियो । 

मरिण गाउँपालिकामा दर्ताका हिसावले २९ वटा सहकारी संस्था सञ्चालनमा रहेको देखिए पनि वास्तवमै संस्थागत रुपमा कृयाशिल संस्था न्युन रहेको उहाँले बचाउनुभयो ।  उहाँले भन्नुभयो, “पालिका स्तरको सहकारीहरुको वास्तविक स्थलगत तथ्याङ्क संकलन गरि पालिका प्रोफाइल तयार गर्न जिल्ला संघ लागेकाले त्यस पछिका दिनमा संस्थाहरुको यथार्थ चित्रण झल्कीनेमा निश्चिन्त छौं ।” मरिण पलिाकामा सहकारी सञ्जाल गठन भए संगै मरिणका सहकारी संस्थाहरुको विकासका लागि विविध प्रकारका तालिम सञ्चालन गरिने र फागुनमा सहकारी अवलोकन भ्रमणको योजना तयार गरिने समेत उहाँले जानकारी गराउनुभयो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप