स्थिरीकरण कोष चाँडै पूर्ण सञ्चालनमा ल्याउन त्रिपक्षीय सहमती
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थिरीकरण कोष चाँडै पूर्ण सञ्चालनमा ल्याउन त्रिपक्षीय सहमती

काठमाडौं । स्थिरीकरण कोष यथाशिघ्र पूर्णसञ्चालनमा ल्याउनुपर्ने भन्दै त्यसका लागि आवश्यक जस्तो सुकै सहयोग र समन्वय गर्न तयार रहेको प्रतिबद्धता सहकारी मन्त्रालय र विभागले जनाएका छन् । सहकारी ऐन २०७४ को कार्यान्वयनमा बिशेष जोड दिदैं दुवै निकायले बचत तथा ऋण सहकारी अभियानको सुरक्षा कवचका रुपमा कोषको विकल्प नभएकाले यसलाई छिटो भन्दा छिटो पूर्ण कार्यान्वयनमा ल्याउनुपर्ने धारणा राखेका हुन् ।

कोषमा बचत ऋण सहकारीहरुको संख्यात्मक योगदान वृद्धि गर्दै आवश्यक १० करोड रुपैयाँ संकलन गरी चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने तयारीमा जुट्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सहकारी महाशाखा प्रमुख लीलाप्रसाद शर्मा र सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले आग्रह गर्नुभएको छ ।

सहकारी ऐनमा व्यवस्था भएको कोषका सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभागको आधिकारीक धारणा सहित बचत तथा ऋण सहकारी संस्थाहरुका लागि स्थिरीकरण कोष सम्बन्धी नेफ्स्कूनले आज आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा जिम्मेवार सरकारी अधिकारीहरुले कोष सञ्चालनप्रति गम्भीर चासो व्यक्त गर्दै सहयोग, समन्वय र सहजीकरणको वचन दिनुभएको हो । नेफ्स्कूनका अध्यक्ष एवम् स्थिरीकरण कोष सञ्चालन समितिका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष शान्ति अधिकारी, पदाधिकारी साथै स्थिरीकरण कोष सञ्चालन समितिका सदस्यहरु, कोषका सदस्य सचिव एवम् नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलसहित देशभरबाट सहकारी अभियानकर्मीहरुसहित ६०० भन्दा बढीको सहभागिता थियो । 

कार्यक्रममा सहकारी मन्त्रालयका महाशाखा प्रमुख शर्माले स्थिरीकरण कोष शीघ्र सञ्चालन गर्न मन्त्रालय, विभाग र नेफ्स्कूनसहितको संयुक्त कार्यदलले कोषसँग सम्बन्धित कार्यविधिमा सैद्धान्तिक र व्यवहारिक रुपमा नमिलेका विषयहरुलाई मिलाएर जाने र परिणाममुखी बनाउने विषय तीब्र रुपमा अगाडि बढेको बताउनुभयो । 

‘राम्रो कामको सुरुवात राम्रो कामबाटै हुन्छ यी दुइवटै लक्षण देखिएको छ,’ उहाँले भन्नुभयो, ‘मन्त्रालयको पूर्ण साथ सहयोग र समर्थन छ । कार्यविधिलाई समयानुकुल बनाउन र तत्काल कोष सञ्चालनमा जानका लागि नेफ्स्कूनसँग मन्त्रालय सदैव सँगसँगै रहेको छ ।’

उहाँले मौजुदा स्थिरीकरण कोषमा कानुनले तोकेको १० करोड कसरी पुर्याउने भन्ने विषयमा अभियानमा आबद्ध संस्थाहरुको प्रतिवद्धता रहनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश र स्थानीय तहको नियमन क्षेत्रमा रहेका सहकारीलाई पनि कसरी समेटेर जाने र स्थिरीकरण कोषलाई दीर्घकालिन बनाउने भन्ने विषयमा कार्यविधि उपायोगी र परिणाममुखी बनाएर जानुपर्नेमा जोडदिनुभयो । 

सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले कोषलाई तत्काल र प्रभावकारी कार्यान्वयनमा जानेगरी नेफ्स्कूनको गतिमा विभागको तर्फबाट पूर्ण समर्थन रहेको स्पष्ट पार्नुभयो । उहाँले सहकारी संस्थामा सुशासन कायम गर्न र स्थिरीकरण कोषको प्रभावकारी सञ्चालनका लागि कार्यविधिमै केही सुधार गर्नुपर्ने भएपनि त्यसमा सुधार गर्न कार्यदलले उपयुक्त र परिणाममुखी काम गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । 

स्थिरीकरण कोषको अपरिहार्यतामा विभाग दृढ रहेको र यसलाई समन्यायिकताका आधारमा अगाडि बढउनुपर्नेमा उहाँले जोड दिनुभयो । रजिष्ट्रार अधिकारीले, ‘चैत्र मसान्तभित्रै कोषको शुभारम्भ गर्नेगरी तयारी गर्नुहोस्, बचत तथा ऋण सहकारी संस्थालाई मुलधारमा ल्याउने गरी अगाडि बढाइएको काममा विभागको कहाँ के सहयोग चाहिन्छ, त्यसमा हामी प्रतिबद्ध छौं ।’ 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सरोकारवालाहरुको सुझावलाई ग्रहण गर्दै कार्यदलमार्फत ठोस निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थिरीकरण कोषमा उठेका केही सवालहरु सम्बन्धी केही विषयहरुमा नियमावली संशोधनमा जानुपर्ने भएकाले तत्काल त्यो संशोधनमा नभएको स्पष्ट पार्नुभयो । ‘तत्काल स्थिरीकरण कोष कार्यान्वयनमा जानका लागि जे जस्तो वैधानिक अवस्था छ, त्यसैलाई कायम राखेर अगाडि बढ्नुपर्ने हुन्छ ’अध्यक्ष पौड्यालले भन्नुभयो, ‘कोषको कार्यविधिमा भएको व्यवस्था अनुरुप यतिवेल ठूला संस्थाले ठूलो योगदानमा जानुपर्नेदेखिसक्ने भन्दै आफ्नो संस्थाको स्थायित्व र सुरक्षाको प्रत्याभूतिका लागि संस्थागत सुरक्षाको सन्दर्भमा कोषको कार्यविधि अगाडि बढेको हो ।’  समग्र अभियानलाई समृद्ध, उन्नत र गहन बनाउन नेफ्स्कून प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । अर्को एक प्रसङ्गमा उहाँले अभियानको भाव अनुभूति गर्दै वृहत्तर छलफल बाट साधारणसभामार्फत सदस्यता शुल्कमा ५ रुपैंयाबाट घटाएर ३ रुपैंया कायम गरिएको जानकारी समेत गराउनुभयो ।

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारी ऐनको पूर्ण कार्यान्वय अहिलेको प्राथमिक विषय भएको भन्दै कोषको सञ्चालन पनि त्यसैसँग प्रत्यक्ष जोडिएको बताउनुभयो ।  हालसम्म झन्डै ७ करोड बढी रकम संकलन भएको बताउँदै उहाँले कोषालाई जोखिम व्यवस्थापन टुल्सको रुपमा अंगिकार गर्नुपर्नेतर्फ सहभागी साकोसहरुको बिशेष ध्यानाकर्षण गराउनुभयो । नेफ्स्कूनका प्रवक्ता समेत रहनुभएका बरिष्ठ उपाध्यक्ष ढकालले साकोस अभियानको ‘ब्याकअप फन्ड’ स्थिरीकरण कोष भएको स्पष्ट पार्दै ‘आफ्नै लागि आफैले योगदान’ गरेर अभियान शुद्धीकरण, पारदर्शिता र आत्मसहयोगको दिशामा अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले मन्त्रालय, विभाग र कोष सञ्चालन समिति सहभागी भएर सुन्ने सुनाउने गर्विलो र ओजस्वी भर्चुअल मञ्च आज आयोजना गरिएको भन्दै अपनत्व लिन, अभियान चाहिन्छ, फेडेरेशन नै अभियान हो, यसैलाई बलियो बनाउनुपर्ने तर्क गर्नुभयो ।

सकेसम्म छिटो कोष कार्यान्वयनमा लाने प्रतिबद्धता बरिष्ठ उपाध्यक्ष ढकालले दोहोर्याउनुभयो, ‘यो सालभरमा पूर्ण सुरुवात गर्ने गरी अघि बढेका छौं । २०७८ सालभित्रै कार्यान्वय गर्छौ ।’ साथै उहाँले सहकारीका लागि र अभियानलाई दिगो बनाउने रुपमा मन्त्रालयका महाशाखा प्रमुख शर्मा र विभागका रजिष्ट्रार अधिकारीले उर्जा दिइरहुनभएको भन्दै कृतज्ञता पनि व्यक्त गर्नुभयो ।

कोषमा हालसम्म १ सय ८१ संस्थाबाट ७ करोड बढी योगदान रहेको छ जसमध्ये प्रारम्भिक सहकारी संस्थाहरु १ सय ७५ सँगै नेफ्स्कूनसहित ६ वटा संघ रहेका छन् । 

कार्यक्रम सञ्चालन नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत एवम स्थिरीकरण कोषका सदस्य सचिव प्रकाश प्रसाद पोखरेलले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप