सामुदायिक साकोसको २८ औं स्थापना दिवस सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामुदायिक साकोसको २८ औं स्थापना दिवस सम्पन्न

पनौती । माघ १४ गते शुक्रवार सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., पनौती ४, टौखालको २८औं स्थापना दिवस संस्थाका अध्यक्ष प्रकाश बञ्जाराको सभाध्यक्षता एवं पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा पनौती नगरपालिकाका बरिष्ठ प्रसाशकीय अधिकृत एवं स्थानिय सहकारी रजिष्ट्रार इन्द्र प्रसाद अधिकारी अतिथिको रुपमा रहनु भएको थियो ।

प्रमुख अतिथि न्यौपानेले उद्घाटन गर्नु भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष कुमार प्रसाद लामिछानेले स्वागत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख भिम न्यौपानेले संस्था संघर्षबाट नै गौरवान्वित अवस्थासम्म आउन सफल भएको उल्लेख गर्नुहुँदै सदस्य सेवा र सहकारी सेवालाई उत्कृष्ट पार्दै सवैको लागि सहकारीको पाठशाला बन्न सफल रहेको बताउनुभयो । सहकारीको आवश्यकता भएका सवै जनसमुदायमा सामुदायिक  पुग्न सफल रहोस् र सहकारी सेवाको आवश्यकता भएका सवैलाई संस्थाको उत्कृट सेवा पुर्याउन सफल रहोस भन्दै उहाँले सधै संस्थाले सहकारीका सिद्धान्त र नीतिलाई पालना गर्दै उत्कृष्ट सहकारीको रुपमा पहिचान कायम राख्न सफल रहोस भन्ने शुभकामना ब्यक्त गर्नु भएको थियो ।

मन्तब्यको क्रममा पनौती नगरपालिकाका बरिष्ठ प्रमुख प्रशासकिय अधिकृत तथा स्थानिय सहकारी रजिष्टार इन्द्र प्रसाद अधिकारीले समयको गति संगै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा उत्कृष्टता हासिल गर्दै र नीति, विधि अनुरुप अगाडि बढेको बृहत हुँदै काभ्रेपलाञ्चोकसँगै काठमाडौ उपत्यकामा समेत विस्तार भैसकेको छ यस संस्थाले सहकारी अभियानको मर्मलाई बुझेर अभियानबाट विचलिन नभै सहकारी पाठशालाको रुपमा सर्वोत्कृष्ट संस्था बन्न सफल होस् भन्ने कामना ब्यक्त गर्दै स्थापना दिवसको शुभकामना ब्यक्त गर्नुभयो । 

संस्थाका प्रमुख सल्लाहकार शम्भुलाल श्रेष्ठले स्थापना देखि नै समुदाय केन्द्रित कार्यमा अग्रणि रहेको स्मरण गराउँदै उत्कृष्ट संञ्चालकहरुको नेतृत्व रहेको यो संस्था सहकारी अभियानको अभियान्ताको रुपमा अग्रणी भुमिकामा रहेर कार्य गरिरहेको चर्चा गर्दै संस्था उत्कृष्ट ब्यक्तिहरुको शुरुवाती संस्थाको रुपमा रहेकोमा गौरवान्वित महशुस भएको उल्लेख गर्नुहुदै शुसाशन कायम राखी सञ्चालन हुन सकोस भन्ने शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पूर्व अध्यक्ष एवं परामर्शदाता दीपक थापाले संस्थाको स्थापना र विकासमा धेरैको योगदान रहेको स्मरण गर्दै संस्था स्रोत साधनको पूर्ण सदुपयोग गर्दै संस्थाको लक्ष्य तथा उदेश्यको विस्तार तथा विकासमा लाग्नुपर्ने विचार सहितको मन्तब्य राख्नु भएको थियो । 

कार्यक्रममा कोषाध्यक्ष एवं पुरस्कार तथा सम्मान कार्यदलका सदस्य प्रताप ताम्राकारले संस्थाको स्थापना दिवसको अवसरमा विविध विधामा उत्कृष्ठ भै पुरस्कृत तथा सम्मानीत हुनु भएका सदस्यको नामावली घोषणा गर्नुभएको थियो ।  सोहि अवसरमा वर्षको उत्कृष्ट कर्मचारीको रुपमा बनेपा सेवाकेन्द्रका सहायक खजान्ची इलोरा दाहाल र ढुंखर्क सेवाकेन्द्र उत्कृष्ट सेवाकेन्द्रको रुपमा पुरस्कृत भएको थियो  संस्थाका लेखा तथा सुपरिवेक्षण समिति संयोजक हरि प्रसाद तिमल्सिनाले स्थापनाकालको अवस्थाको चर्चा गर्नुहुदै नीति विधिको पालना गर्दे एसीयाली स्तरमा समेत उत्कृष्टता हासिल गरिरहेको स्मरण गर्नुहुँदै संस्था स्थापना गर्नुहुने आदरणीय संस्थापक सदस्यहरुप्रति आभार ब्यक्त गर्दे आफ्नो मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै संस्थाका उपाध्यक्ष कुमार प्रसाद लामिछानेले संस्थाको २८औ स्थापना मनाइरहँदा गौरवको महसुस भएको विचार ब्यक्त गर्नुहुँदै कोभिड माहामारीका कारण सवैलाई संस्थामा उपस्थित गराउन नसकिएता पनि विभिन्न माध्यमबाट सहभागी भएर कार्यक्रमको गरिमा बढाई दिनुभएकोमा कृतज्ञता ब्यक्त गर्नुभयो । 

कार्यक्रमको क्रममा संस्थाको स्थापनाकाल देखि हाल सम्मको अवस्था, स्थापनाको आवश्यकता र उदेश्य लागायत विकास र सेवा विस्तारको विषयमा प्रकाश पार्दै २८ औं स्थापना दिवस मनाउँदै गर्दा संस्थाको कार्यक्षेत्र काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर र ललितपुर ४ जिल्ला रहेको र ३५१५० सेयर सदस्य आवद्ध भएर प्रत्यक्ष रुपमा सेवा प्राप्त गरिरहनु भएको    कारोवार अंक ३ अर्व ५१ करोड, कर्मचारी ९९ जना, १४ ओटा सेवाकेन्द्र मार्फत मोवाइल बैकिङ, ए टि एम र क्यू आर पेमेन्ट लगायतका डिजिटल सेवा सदस्यहरुलाई उपलब्ध गराईएको जानकारी प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले गराउनु भएको थियो । संस्थाले सदस्यमैत्री सेवा उपलब्ध गराउने क्रममा २८ औं स्थापना दिवसकै दिनबाट जटिल रोगको उपचारार्थ सदस्यहरुलाई रु. २५ हजारसम्म सहयोग उपलब्ध गराउन शुरुवात गरेको छ । 
कार्यक्रमको समापनमा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष प्रकाश बन्जाराले संस्था स्थापना गरी आजको अवस्थामा पुर्याउन सुरुवाती जग बसालिदिनुहुने संस्थापक सदस्यहरु प्रति हार्दिक आभार प्रकट गर्नुहुँदै  विभिन्न विधामा सम्मानित हुनेहरुलाई बधाई ज्ञापन गर्दै सम्मान तथा पुरस्कारले उत्कृष्टताको लागि उर्जा थपहोस् भन्ने कामना ब्यक्त गर्नु भयो । संस्थाले सदस्य र समुदायको आर्थिक तथा सामाजिक स्तर उन्नतिमा योगदान गर्दै आएको र यस अभियानमा प्राप्त सल्लाह सुझावहरुलाई नीति र विधि अनुरुप लागूगर्दै जाने प्रतिबद्धता समेत जनाउनु भएको थियो । यसै क्रममा सदस्यहरुको आर्थिक स्तर अभिबृद्धि गर्दै आत्मनिर्भर बनाउने अभियानमा स्थानिय तह, संघ र प्रदेशसँग समेत सहकार्य गरि अगाडि बढ्ने अभिब्यक्ति राख्दै सहकार्यका लागि तत्पर रहेको पनि जानकारी गराउनु भयो र संस्थासँग हालसम्म ८ वटा संस्थाहरु एकीकृत भएको जसमध्ये जगत गुरु बचत तथा ऋण सहकारी संस्था लि., बनेपा र पलाञ्चोक भगवती बचत तथा ऋण सहकारी संस्था लि. काठमाण्डौंसँग एकीकरण हुँदा संस्थाको कार्यक्षेत्र र ब्यवसाय विस्तार भएको कुरा स्मरण गर्नुहुँदै एकीकरण अभियानलाई भविष्यमा पनि निरन्तरता दिने अभिब्यक्ति राख्दै संस्थालाई बृहत र गुणस्तरिय बनाउँने नयाँ योजनाहरु सहित सदस्यको हितका लागि नीति र विधि अनुरुप सञ्चालन गर्दै बृहत र सर्वोत्कृष्ट संस्थाको रुपमा सवल र सुरक्षित संस्थाको परिचय कायम राखि अभियानलाई पूर्ण जिम्मेवारीका साथ पुरागर्ने प्रतिवद्धताका साथ सभा समापन गर्नु भएको थियो ।

संस्थाका सचिव मुकुन्द शर्माले सञ्चालन गर्नु भएको कार्यक्रममा सञ्चालक समिति सदस्यहरु लेखा सुपरिवेक्षण समितिका सदस्यहरु प्रत्यक्ष रुपमा सहभागी हुनु भएको थियो भने विषयगत उप समिति र सेवाकेन्द्र सञ्चालन तथा ब्यवस्थापन उपसमितिका सदस्यहरु लगायत कर्मचारीहरु कोभिड १९ को संक्रमणको जोखिमलाई ध्यान दिँदै भर्चुअल माध्ययमबाट कार्यक्रममा सहभागी हुनु भएको थियो । २८ औं स्थापना दिवसको अवसरमा २०७८ माघ १४ गते नै संस्थाले आफ्नो मुख्य कार्यालय प्रांगणमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा २४ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

पाठकबाट थप