गुल्मीको रेसुङ्गा नगरपालिकासँग आधारशिला कार्यक्रम सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गुल्मीको रेसुङ्गा नगरपालिकासँग आधारशिला कार्यक्रम सम्झौता

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकासँग आज आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता भएको छ । नगरप्रमुख डिल्लीराम भुषाल, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीसँगै वडा नं १, ५, १० र ११ का वडा अध्यक्षहरुसमेत सहभागी रहनुभएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेफ्स्कूनकातर्फबाट रुपन्देही फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमला र कार्यक्रम अधिकृत रिता सुवेदी सहभागी हुनुहुन्थ्यो ।

नेफ्स्कूनले स्थानीय निकायसँगको सहकार्य र समन्वयमा सबै प्रकृतिका सहकारीहरुको सक्षमता विकास तथा सशक्तिकरणका लागि विकास गरेको नयाँ कार्यक्रम हो आधारशिला । गुल्मीबाट प्रोबेसन ब्रान्ड प्राप्त गरी एक्सेस कार्यक्रममा सहभागी लेकाली स्वावलम्बन साकोसका कोषाध्यक्ष एवम् सहकारी अभियन्ता कृष्ण पोखरेलले समन्वय गर्नुभएको कार्यक्रमममा नगरपालिकाको वडा नं १ का वडा अध्यक्ष अभिलेषण प्रसाद पाण्डे, वडा नं ५ का अध्यक्ष हरिप्रसाद शर्मा खनाल, वडा नं ११ का अध्यक्ष खुम राना र नगरपालिकका प्रबक्ता समेत रहनुभएका वडा नं १० का अध्यक्ष पद्म अर्याल सहभागी हुुनुभएको थियो । कार्यक्रममा नगरप्रमुख ले आधारशिला कार्यक्रमले समग्र सहकारीहरुको शुद्धीकरणमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । सहकारी अभियन्ता एवम् लेकाली स्वावलम्बन साकोसका कोषाध्यक्ष पोखरेलले जिल्लाभरका सबै पालिकासँग आधारशिला कार्यक्रम सम्झौताको लागि समन्वय गर्न आफुले सहयोग गर्ने पनि बताउनुभयो । सम्झौतामा नगरप्रमुख भुसाल र नेफ्स्कूनका फिल्ड इन्चार्ज धमलाले प्रमुख मरासिनी तथा संघकी कार्यक्रम अधिकृत सुवेदीको रोहवरमा हस्ताक्षर गर्नुभएको थियो । उक्त कार्यक्रममा सहकारी अभियन्ता पोखरेल पनि सहभागी हुनुहुन्थ्यो ।

पछिल्लो समयमा आधारशिला कार्यक्रममा देशैभरका स्थानीय निकायहरुको चासो बढेको छ । स्थानीय निकायहरुसँगको सम्झौताका आधारमा जागरण, विकास, प्रवर्धन र सञ्जालीकरण गरी ४ चरणमा सहकारीहरुका लागि कार्यक्रमहरु तय गरी क्षमता अभिवृद्धि, सुशासन, तालिम र शिक्षासँगै उद्यमशीलता प्रवर्धनमा आधारशिला कार्यक्रमले काम गर्नेछ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप