गुल्मीको रेसुङ्गा नगरपालिकासँग आधारशिला कार्यक्रम सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गुल्मीको रेसुङ्गा नगरपालिकासँग आधारशिला कार्यक्रम सम्झौता

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकासँग आज आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता भएको छ । नगरप्रमुख डिल्लीराम भुषाल, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीसँगै वडा नं १, ५, १० र ११ का वडा अध्यक्षहरुसमेत सहभागी रहनुभएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेफ्स्कूनकातर्फबाट रुपन्देही फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमला र कार्यक्रम अधिकृत रिता सुवेदी सहभागी हुनुहुन्थ्यो ।

नेफ्स्कूनले स्थानीय निकायसँगको सहकार्य र समन्वयमा सबै प्रकृतिका सहकारीहरुको सक्षमता विकास तथा सशक्तिकरणका लागि विकास गरेको नयाँ कार्यक्रम हो आधारशिला । गुल्मीबाट प्रोबेसन ब्रान्ड प्राप्त गरी एक्सेस कार्यक्रममा सहभागी लेकाली स्वावलम्बन साकोसका कोषाध्यक्ष एवम् सहकारी अभियन्ता कृष्ण पोखरेलले समन्वय गर्नुभएको कार्यक्रमममा नगरपालिकाको वडा नं १ का वडा अध्यक्ष अभिलेषण प्रसाद पाण्डे, वडा नं ५ का अध्यक्ष हरिप्रसाद शर्मा खनाल, वडा नं ११ का अध्यक्ष खुम राना र नगरपालिकका प्रबक्ता समेत रहनुभएका वडा नं १० का अध्यक्ष पद्म अर्याल सहभागी हुुनुभएको थियो । कार्यक्रममा नगरप्रमुख ले आधारशिला कार्यक्रमले समग्र सहकारीहरुको शुद्धीकरणमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । सहकारी अभियन्ता एवम् लेकाली स्वावलम्बन साकोसका कोषाध्यक्ष पोखरेलले जिल्लाभरका सबै पालिकासँग आधारशिला कार्यक्रम सम्झौताको लागि समन्वय गर्न आफुले सहयोग गर्ने पनि बताउनुभयो । सम्झौतामा नगरप्रमुख भुसाल र नेफ्स्कूनका फिल्ड इन्चार्ज धमलाले प्रमुख मरासिनी तथा संघकी कार्यक्रम अधिकृत सुवेदीको रोहवरमा हस्ताक्षर गर्नुभएको थियो । उक्त कार्यक्रममा सहकारी अभियन्ता पोखरेल पनि सहभागी हुनुहुन्थ्यो ।

पछिल्लो समयमा आधारशिला कार्यक्रममा देशैभरका स्थानीय निकायहरुको चासो बढेको छ । स्थानीय निकायहरुसँगको सम्झौताका आधारमा जागरण, विकास, प्रवर्धन र सञ्जालीकरण गरी ४ चरणमा सहकारीहरुका लागि कार्यक्रमहरु तय गरी क्षमता अभिवृद्धि, सुशासन, तालिम र शिक्षासँगै उद्यमशीलता प्रवर्धनमा आधारशिला कार्यक्रमले काम गर्नेछ ।

भर्खरै
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

९ घण्टा अगाडि

अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न

९ घण्टा अगाडि

इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

१० घण्टा अगाडि

शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न
शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न

११ घण्टा अगाडि

जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न
जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न

११ घण्टा अगाडि

सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान  अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 
सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 

१ दिन अगाडि

साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता
साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता

१ दिन अगाडि

सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

१ दिन अगाडि

पाठकबाट थप