बचत संघको रजत बर्षमा विभिन्न कार्यक्रम आयोजना गरिने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बचत संघको रजत बर्षमा विभिन्न कार्यक्रम आयोजना गरिने

चितवन । नेपालको सहकारी इतिहासमा जननी जिल्लाको रुपमा रहेको चितवमा अवस्थित  जिल्लाका बचत तथा ऋण सहकारीहरुको छाता संघ चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ यतिवेला रजतमहोत्सब समारोहको तयारीमा जुटेको छ । 

संघका अध्यक्ष हरिश्चन्द्र सुवेदीले यस बर्षलाई चितवन बचत संघको रजत बर्षको रुपमा मनाउन विविध कार्यक्रम तयारी भएको जानकारी गराउनुभयो । उहाँले विविध सामाजिक क्रियाकलापहरु गर्ने, रजत स्मारिका प्रकाशन गर्ने र फागुन २९ गते संघको २५ औं बर्ष प्रवेशको अवसरमा रजत महोत्सव समारोह आयोजना गरिने हुँदा सम्पूर्ण आबद्ध सदस्य, स्थानीय सहकारीकर्मी र शुभचिन्तकहरुलाई सहभागिताका लागि अनुरोध गर्नुभएको छ ।  

संघले यस बर्षलाई रजतमहोत्सब बर्षको रुपमा मनाउने घोषणा गरेसँगै सहकारी अभियानको लागि पठनीय र संग्रहणीय सामाग्री प्रकाशन स्वरुप रजतस्मारिका प्रशासनको तयारी समेत गरेको छ । रजतमहोत्सवको अवसरमा आयोजित विविध सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम अन्तर्गत संघले खुल्ला रक्तदान कार्यक्रम, महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धी चेकजाँच तथा परीक्षण, हाजिरी जवाफ प्रतियोगिता लगायतका विविध कार्यक्रम तयारी गरेको हो । 

रजत बर्षको पूर्वसन्ध्यामा संघले शुक्रबार श्री उज्जल महिला विकास साकोससँगको संयुक्त आयोजनामा र शनिबार एकल आयोजनामा दुई फरक स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । बचत संघकी उपाध्यक्ष एवम् नेफ्स्कूनकी सञ्चालक विद्या कोइरालाको अध्यक्षतामा शनिबार भरतपुर महानगरपालिका चनौलीमा आयोजित रक्तदान कार्यक्रमका प्रमुख व्यक्ति नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले मानवीय जीवन रक्षाका लागि अति आवश्यक पर्ने रगत जस्तो महान दान गर्न सबै सहकारीकर्मीहरुको सहकार्य महत्वपूर्ण रहने बताउनुभयो । सहकारीले विविद्य सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुसँगै रक्तदान जस्तो पवित्र कामलाई पनि महत्वका साथ अगाडि बढाउँदा धेरै मानिसहरुको जिवन रक्षामा सहयोग पुगेको उल्लेख गर्नुभयो । 

रक्तदान कार्यक्रममा ५ महिला र २७ पुरुष गरी ३२ जनाले रक्तदान गर्नुभएको बचत संघकी उपाध्यक्ष कोइरालाले जानकारी गराउनुभयो । कार्यक्रममा विभिन्न अतिथि र स्थानीय सहकारीकर्मीहरु सहित एक सयभन्दा बढीको उपस्थिति थियो । 

संघ २०५३ साल फागुन २९ गते तत्कालिन जिल्ला सहकारी कार्यालय चितवनमा विधिवत दर्ता भएको थियो । प्रारम्भमा ९ वटा बचत तथा ऋण सहकारी संस्थाहरु मिलेर गठन गरिएको यस संघमा हाल २०७ वटा बचत तथा ऋण सहकारी संस्थाहरु आबद्ध छन् ।  २०६८ सालदेखि रणनीतिक योजना निर्माण गरी आफ्ना व्यावसायिक योजनाहरु कार्यान्वयन गर्दै आएको यस संघले चौथो व्यावसायिक रणनीतिक योजना निर्माण गरी कार्यान्वयनको चरणमा छ । 

वित्तीय सेवा अन्तर्गत संघले २०७८ पुष मासन्त सम्म १ करोड २५ लाख बराबरको सेयर पुँजी संकलन गरको छ भने १० करोड ५७ लाख बचत संकलन र ७ करोड ५६ लाख बराबरको ऋण लगानी गर्न सफल भएको छ । संस्थाको कुल सम्पत्ती करिब  १५ करोड ५३ बराबरको रहेको छ । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

८ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप