बचत संघको रजत बर्षमा विभिन्न कार्यक्रम आयोजना गरिने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बचत संघको रजत बर्षमा विभिन्न कार्यक्रम आयोजना गरिने

चितवन । नेपालको सहकारी इतिहासमा जननी जिल्लाको रुपमा रहेको चितवमा अवस्थित  जिल्लाका बचत तथा ऋण सहकारीहरुको छाता संघ चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ यतिवेला रजतमहोत्सब समारोहको तयारीमा जुटेको छ । 

संघका अध्यक्ष हरिश्चन्द्र सुवेदीले यस बर्षलाई चितवन बचत संघको रजत बर्षको रुपमा मनाउन विविध कार्यक्रम तयारी भएको जानकारी गराउनुभयो । उहाँले विविध सामाजिक क्रियाकलापहरु गर्ने, रजत स्मारिका प्रकाशन गर्ने र फागुन २९ गते संघको २५ औं बर्ष प्रवेशको अवसरमा रजत महोत्सव समारोह आयोजना गरिने हुँदा सम्पूर्ण आबद्ध सदस्य, स्थानीय सहकारीकर्मी र शुभचिन्तकहरुलाई सहभागिताका लागि अनुरोध गर्नुभएको छ ।  

संघले यस बर्षलाई रजतमहोत्सब बर्षको रुपमा मनाउने घोषणा गरेसँगै सहकारी अभियानको लागि पठनीय र संग्रहणीय सामाग्री प्रकाशन स्वरुप रजतस्मारिका प्रशासनको तयारी समेत गरेको छ । रजतमहोत्सवको अवसरमा आयोजित विविध सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम अन्तर्गत संघले खुल्ला रक्तदान कार्यक्रम, महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धी चेकजाँच तथा परीक्षण, हाजिरी जवाफ प्रतियोगिता लगायतका विविध कार्यक्रम तयारी गरेको हो । 

रजत बर्षको पूर्वसन्ध्यामा संघले शुक्रबार श्री उज्जल महिला विकास साकोससँगको संयुक्त आयोजनामा र शनिबार एकल आयोजनामा दुई फरक स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । बचत संघकी उपाध्यक्ष एवम् नेफ्स्कूनकी सञ्चालक विद्या कोइरालाको अध्यक्षतामा शनिबार भरतपुर महानगरपालिका चनौलीमा आयोजित रक्तदान कार्यक्रमका प्रमुख व्यक्ति नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले मानवीय जीवन रक्षाका लागि अति आवश्यक पर्ने रगत जस्तो महान दान गर्न सबै सहकारीकर्मीहरुको सहकार्य महत्वपूर्ण रहने बताउनुभयो । सहकारीले विविद्य सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुसँगै रक्तदान जस्तो पवित्र कामलाई पनि महत्वका साथ अगाडि बढाउँदा धेरै मानिसहरुको जिवन रक्षामा सहयोग पुगेको उल्लेख गर्नुभयो । 

रक्तदान कार्यक्रममा ५ महिला र २७ पुरुष गरी ३२ जनाले रक्तदान गर्नुभएको बचत संघकी उपाध्यक्ष कोइरालाले जानकारी गराउनुभयो । कार्यक्रममा विभिन्न अतिथि र स्थानीय सहकारीकर्मीहरु सहित एक सयभन्दा बढीको उपस्थिति थियो । 

संघ २०५३ साल फागुन २९ गते तत्कालिन जिल्ला सहकारी कार्यालय चितवनमा विधिवत दर्ता भएको थियो । प्रारम्भमा ९ वटा बचत तथा ऋण सहकारी संस्थाहरु मिलेर गठन गरिएको यस संघमा हाल २०७ वटा बचत तथा ऋण सहकारी संस्थाहरु आबद्ध छन् ।  २०६८ सालदेखि रणनीतिक योजना निर्माण गरी आफ्ना व्यावसायिक योजनाहरु कार्यान्वयन गर्दै आएको यस संघले चौथो व्यावसायिक रणनीतिक योजना निर्माण गरी कार्यान्वयनको चरणमा छ । 

वित्तीय सेवा अन्तर्गत संघले २०७८ पुष मासन्त सम्म १ करोड २५ लाख बराबरको सेयर पुँजी संकलन गरको छ भने १० करोड ५७ लाख बचत संकलन र ७ करोड ५६ लाख बराबरको ऋण लगानी गर्न सफल भएको छ । संस्थाको कुल सम्पत्ती करिब  १५ करोड ५३ बराबरको रहेको छ । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१४ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

लोकप्रिय
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप