सहकारी संघसंस्थाको आयोजनामा चितवनको रत्ननगरमा रक्तदान कार्यक्रम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी संघसंस्थाको आयोजनामा चितवनको रत्ननगरमा रक्तदान कार्यक्रम 

काठमाडौं । चितवनको रत्ननगरस्थित श्री उज्जवल महिला विकास बचत तथा ऋण सहकारी संस्थाको २०औं बार्षिकोत्सव तथा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघको रजत जयन्तीको अबसरमा फागुन ६ गते शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले गर्नुृभएको थियो । 

मन्त्री खनालले रक्तदान जिवनदान भएकोले रगतको सन्तुलन मिलाएर कुनै पनि स्वास्थ्य क्षेत्र अर्थात् अस्पतालनमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको उपयोगिताको चर्चा गर्नुभयो । मानव जिवन रक्षाका लागि चितवनमा संकलन हुने रगतले धेरैभन्दा धेरै मानिसको जीवन रक्षा गरेको उहाँले बताउनुभयो । सहकारीले आयआर्जनमा लगानी गर्नुपर्ने भन्दै उहाँले सीपमुलक कार्यक्रम सञ्चालनको लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपानेले चितवनमा देशभरीका विरामीहरु उपचार गर्न आउने भएकाले रगतको अभाव हुने गरेको बताउँदै रक्तदान कार्यक्रमको आयोजनाप्रति सहकारी संघ संस्थाको सक्रियताको प्रशंसा गर्नुभयो । 

श्री उज्जल महिला विकास साकोसकी अध्यक्ष सम्झना घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा  नेफ्स्कूनकी सञ्चालक एवम् चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष विद्यादेवी कोइराला, बचत नगर सहकारी सञ्जालका अध्यक्ष दण्डपाणि लामिछाने, सहकारीकी संस्थापक अध्यक्ष लक्ष्मी गौली लगायतले मन्तव्य राख्नुभएको थियो । उपाध्यक्ष चन्द्रकुमारी चौधरीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सचिव अम्विका पुरीले सञ्चालन गर्नुभएको थियो । बार्षिकोत्सवको अबसर पारेर सो सहकारीले एक जना ज्येष्ट नागरिक र अर्को एक जना बचतकर्तालाई सम्मान गरेको थियो ।

साकोस र जिल्ला बचत संघको संयुक्त आयोजनामा गरिएको खुल्ला रक्तदान कार्यक्रममा ४१ यूनिट रगत संकलन भएको थियो भने साकोसका १ जना जेष्ठ शेयर सदस्य र १ जना उत्कृष्ट बचत कर्ता शेयर सदस्य लाई सम्मान गरिएको थियो । आयोजित कार्यक्रममा १० महिला सहित ४१ जनाले रक्तदान गरेको सहकारीकी निवर्तमान अध्यक्ष ऋतु गिरीले जानकारी दिनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप