एक्सेस मेची कोशी क्लष्टर प्रथमको २८ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस मेची कोशी क्लष्टर प्रथमको २८ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 

मनकामना साकोस पथरीको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा एक्सेस मेची कोशी क्लष्टर प्रथमको २८ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला फागुन ६ गते सम्पन्न भएको छ । एक्सेस ब्राण्डीङ कार्यक्रम एसियाली ऋण महासंघ (ACCU) को प्राविधिक सहयोगमा नेफ्स्कूनले सञ्चालन गर्दै आएको कार्यक्रम हो । यस क्लष्टरमा झापा, मोरङ र सुनसरीका गरी जम्मा ७ ओटा (साहारा नेपाल, ईटहरा, रमाईलो जनएकता, मोरङ, मनकामना, महिला र किसान कल्याण)  साकोसहरुको आवद्धता छ भने उक्त कार्यशालामा ७ ओटा साकोसकबाट २९ जनाको सहभागिता रहेको थियो ।

आयोजक साकोसको अध्यक्ष युवराज भट्टराईको अध्यक्षतामा संचालन भएको कार्यशालामा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङका अध्यक्ष सोमनाथ निरौलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अथिति जिल्ला बचत संघका अध्यक्ष निरौलाले हाल बजारमा देखिएको तरलता अभावतर्फ संकेत गर्दै उक्त संकटबाट आउन सक्ने समस्याबाट आफ्ना साकोसहरु सुरक्षित राख्न विशेष ध्यान दिन आग्रह गर्दै हाल देशैभरि देखिएको साकोसको कार्यक्षेत्र विस्तार गर्ने आक्रामशैलीले गर्दा भोलि गएर अभियानमा समस्या आउनसक्ने औंल्याउदै त्यसतर्फ नियामक निकायहरुले ऐन, नियममा भएको मापदण्ड पुरा गरेकालाई मात्र कार्यक्षेत्र र सेवाकेन्द्र विस्तारमा स्विकृती दिनुपर्ने समेत जनाउनुभएको थियो । 

कार्यक्रमका अध्यक्ष एंव कार्यशालाका अध्यक्ष युवराज भट्टराईले सिकाई आदान प्रदान गर्ने कार्यक्रम निकै महत्पूर्ण रहेको र एक साकोसले गरेको असल अभ्यासको बारेमा अन्य साकोसहरुको विचमा छलफल हुँदा यसले सहकारीको पारस्परिक सहयोगको सिद्धान्तलाई यर्थाथमा परिणत गरेको कुरा वताउनुभएको थियो । नेफ्स्कून कार्यक्रम अधिकृत कोमल राज अधिकारीले सहजीकरण गर्नुभएको कार्यशालाले संस्थागत शुसान र संस्थागत विकासका निम्ती विभिन्न निर्णयहरु गर्दै आगामि कार्यशाला ०७९ जेष्ठ २१ गते रमाईलो जनएकता साकोसको आयोजनामा सम्पन्न गर्ने निर्णय समेत गरेको छ । उक्त कार्यक्रममा नेफ्स्कून फिल्ड कार्यालय दमकका इन्चार्ज सोमनाथ दाहालको पनि सहभागिता रहेको थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप