५ साकोसद्वारा कर्ब्स कार्यक्रम सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
५ साकोसद्वारा कर्ब्स कार्यक्रम सम्झौता

काठमाडौं । नेफ्स्कून–कास्कून साझेदारी कार्यक्रम अन्तरर्गत कास्कूनको आयोजनामा हिजो कीर्तिपुरमा सम्पन्न एक कार्यक्रमका बीच जोखिममा आधारित साकोस सुपरीेवेक्षण कार्यक्रम (कर्ब्स) मा ५ साकोसबीच सम्झौता भएको छ । कीर्तिपुर र चन्द्रागीरि क्षेत्रका आठ वटा बचत तथा ऋण सहकारी संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा पाँचवटा साकोसहरुले एकसाथ कार्यक्रम सम्झौता गरेका हुन् । बाँकी साकोसहरुले पनि छिट्टै सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रम कास्कूनका सञ्चालक एवं सेवा कार्यालय व्यवस्थापन उपसमितिका संयोजक लेमन श्रेष्ठको अध्यक्षता र कास्कूनका अध्यक्ष एवं नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिनाको विशेष आतिथ्यता रहेको थियो । 

कास्कूनका अध्यक्ष दिपक पनेरुले जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम अन्तर्गत साकोसहरुको अनुगमन र सुपरीवेक्षण गरी संस्थालाई नीति, विधि र प्रविधि अनुरुप सञ्चालन गर्न र सुशासित संस्था निर्माणमा जोड दिइने कार्यक्रम भएकोले यसको पूर्ण कार्यान्वयनमा प्रतिवद्ध रहन अनुरोध गर्नुभएको थियो । कार्यक्रम साकोसहरुको दीर्घकालिन व्यावसायिक गतिशिलताका लागि भएको हुँदा अब सहकारीहरुको शैली, चिन्तन, वस्तु तथा सेवामा व्यापक परिवर्तन गर्नुपर्ने धारणा उहाँले राख्नु भएको थियो ।

उद्घाटन सत्रमा कर्ब्स कार्यक्रमको महत्व माथि प्रकाश पार्दै नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिनाले कार्यक्रमको बैधानिकता, साकोसहरुको आवद्धता, कार्यक्रमले साकोसको सञ्चालनमा प्रदान गरेको व्यावसायिक दक्षता, सदस्यहरुको सन्तुष्टि लगायतका विषयमा जानकारी गराउनुभएको थियो । 

कार्यक्रमका अध्यक्ष लेमन श्रेष्ठले कार्यक्रमको औचित्य र महत्वमाथि प्रकाश पार्दै  सहभागी साकोसहरुलाई कार्यक्रम आबद्धताका लागि आव्हान गर्नुभएको थियो । कार्यक्रममा संघका व्यवस्थापक अरुण कुमार तिवारी, कीर्तिपुर सेवा कार्यालयका प्रमुख सविना न्यौपाने, कार्यक्रम अधिकृत नवराज सुवेदी, नेफ्स्कूनका कार्यक्रम अधिकृत सोविता मैनाली लगायतको उपस्थिति थियो । कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत मैनालीले कार्यक्रमको समग्र प्रक्रियाबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप