पूर्वीद्वार साकोसको 'बाल क्लब मेचीनगर' गठन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पूर्वीद्वार साकोसको 'बाल क्लब मेचीनगर' गठन

मेचीनगर, १८ फागुन । पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाले मेचीनगरमा बाल क्लब गठन गरेको छ । हिजो संस्थाले प्रधान कार्यालय धुलाबारीमा एक कार्यक्रमको आयोजना गरेर बाल क्लब मेचीनगर गठन गरेको हो । बाल क्लब मेचीनगरको अध्यक्षमा आश्रय अधिकारी सर्वसम्मत चयन भएका छन् । अधिकारी खुट्टीडाँगी सेवा केन्द्र अन्तरगत बाल क्लबका अध्यक्ष समेत हुन् ।

अध्यक्ष अधिकारीको नेतृत्वमा गठित ११ सदस्यीय कार्य समितिको जसको उपाध्यक्षमा प्रशान्त गुरगाई र सचिवमा प्रज्ञा ढुंगेल चयन भएका छन् । गुरागाई भुकृटीका अध्यक्ष र ढुंगेल काँकरभिट्टा सेवा केन्द्रको बाल क्लबकी सचिव हुन् । त्यस्तै, सदस्यहरुमा निशा दुलाल, लक्ष्मी अधिकारी, अञ्जली बुढाथोकी, सुस्मिता थापा, पुकार खतिवडा, पुर्णिमा धिताल, श्रृष्टी कार्की र निरज खड्का छन् ।

निशा भुकृटीकी सचिव, लक्ष्मी खुट्टीडाँगीकी सचिव, अञ्जली काँकरभिट्टाकी अध्यक्ष, सुस्मिता प्रधान कार्यालय धुलाबारी बाल क्लबकी अध्यक्ष, पुकार धाइजनका अध्यक्ष, पूर्णिमा ज्यामिरगढीकी अध्यक्ष, श्रृष्टी ईटाभट्टाकी अध्यक्ष र निरज गोमनसरी सेवा केन्द्रको बाल क्लबका अध्यक्ष हुन् ।

यसअघि संस्थाको प्रधान कार्यालयसहित ८ वटै सेवा केन्द्रमा बाल क्लब गठन भएको थियो । सेवा केन्द्रहरुमा भएको बाल क्लबहरुको संयुक्त भेलाले नै मेचीनगर बाल क्लब गठन गरिएको संस्थाका अध्यक्ष विपी भट्टराईले जानकारी दिए ।

अध्यक्ष भट्टराईले बालबालिकालाई बाल वचत गर्न सिकाउने, सहकारी सम्बन्धी पुस्तक अध्ययन गराउने, हाजिरी जवाफ, विभिन्न खेलकुद गतिविधिका विषयमा प्रतियोगिता गराउने लगायतका बाल कार्यक्रमहरु गर्ने उद्देश्यले बाल क्लब गठन गरिएको बताए ।

भेलामा संस्थाका सञ्चालक समिति सदस्य एवम् पूर्व अध्यक्ष चेतराज विष्ट, सचिव जीतबहादुर खड्का, सेवा केन्द्रका संयोजकहरु, कार्यालयका प्रमुखहरु, कर्मचारी, बाल क्लबका सदस्य तथा पदाधिकारीहरुको सभागीता थियो ।

भेलामा संस्थाकी सञ्चालक सदस्य एवम् महिला तथा बालबालिका उपसमिति संयोजक कुश्मीकुमारी चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष मणिराम खतिवडा र सञ्चालन व्यवस्थापक प्रलाद खड्काले गर्नुभएको थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप