काठमाडौं कर्ब्स तेस्रो क्लष्टरका साकोसहरुबीच असल सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काठमाडौं कर्ब्स तेस्रो क्लष्टरका साकोसहरुबीच असल सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न  

काठमाडौं । कदर बचत तथा ऋण सहकारी संस्था लि., न्यूरोड काठमाडौंको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम अन्तर्गत काठमाडौं तेस्रो क्लष्टरको दशौं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला शनिवार सम्पन्न भएको छ । आयोजक साकोसका अध्यक्ष बिरेन्द्र मान शाक्यको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र विशेष अतिथि नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल हुनुहुन्थ्यो । 

प्रमुख अतिथि पौड्यालले संघले सञ्चालन गरेका गुणस्तर सुनिश्चितताका कार्यक्रमबारे जानकारी गराउँदै संस्थागत विकास र सुशासनमा स्तरीकरण कार्यक्रमको उपादेयतामाथि चर्चा गर्नुभयो । उहाँले साकोसहरुलाई प्रविधियुक्त बनाउन एकीकृत प्रविधि विकासमा नेफ्स्कूनले काम गरिरहेको बताउनुभयो । साकोसहरुले संस्थागत क्षमता विकास, मानव संशाधन विकास र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले कार्यशालामा सहभागी साकोस प्रतिनिधिहरुलाई साकोसको संस्थागत विकास र वित्तीय सूचकहरुमा कार्ययोजना बनाएर अघि बढ्न आग्रह गर्नुभयो । साकोस सुरक्षा कवचको रुपमा रहेको स्थिरीकरण कोषमा योगदान गरी सुरक्षित रहन अनुरोध गर्दै सहभागीहरुको कोष सम्बन्धी जिज्ञासाहरुबारे प्रष्ट पार्नुभयो । 

कार्यक्रममा काठमाडौंका ८ साकोसः कदर साकोस, भृकुटीमण्डप साकोस, डल्लुएकता साकोस, खुशी खुशी साकोस, शुभसेवा साकोस, चौतारी साकोस, धादिङ मन्ड्ली साकोस र देग साकोसका प्रतिनिधिहरुबाट संस्थाको वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनालीले सञ्चालक समिति र ब्यबस्थापन बिचको सम्बन्ध र भुमिकाका बिषयमा तथा कास्कूनका तालिम अधिकृत नवराज सुवेदीले बिभागबाट जारी ८८ बुदे एकीकृत निर्देशनका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कून न्यूरोड फिल्ड इन्चार्ज मनोज कार्की पनि सहभागी हुनुहुन्थ्यो । कार्यशालामा सहभागी साकोसहरुले असल कार्यअभ्यासहरुको आदान प्रदान साथै आगामी कार्ययोजनाबारे जानकारी गराउँदै आगामी कार्यशाला २०७९ जेठ १७ गते शुभ सेवा साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा गर्ने निर्णय गरेको थियो ।  

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप