आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाइँदै 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाइँदै 

सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ आज  ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । नारी आन्दोलनको झल्को दिने दिन र नारी अधिकारको खोजीको दिनको रुपमा हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । 

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन शुरु भएको मानिन्छ ।

नेपालको संविधानले लैंगिक समानताको प्रत्याभूति गर्न महत्वपूर्ण प्रावधानको व्यवस्था गरेको छ । यसबाट महिलाप्रति हुने हिंसा र विभेद हटाउन ठूलो मद्दत पुगेको छ । 

महिला दिवसको अवसरमा नेपालमा पनि विभिन्न संघ संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरेका छन् । हिजो काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना र विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुको सहयोगमा काठमाडौंमा सामाजिक न्याय र लैंङ्गिक समानताः दिगो विकासको सुनिश्चितता विषयक गोष्ठी सम्पन्न भएको थियो भने आज ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले सहकारीमा महिला सशक्तिकरण विषयक एक दिवसीय कार्यशाला गोष्ठीको आयोजना गर्दैछ । 

यस बर्ष संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय महिला दिवसको थिम “Gender equality today for a sustainable tomorrow” घोषणा गरेको छ  भने ‘विभेदको अन्त्य’ (BREAK THE BIAS! ) का लागि ऐक्यवद्धता जाहेर गर्न आव्हान गरेको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप