‘सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र अवसर’ विषयक गोष्ठी सम्पन्नः ७ बुँदे घोषणापत्र जारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र अवसर’ विषयक गोष्ठी सम्पन्नः ७ बुँदे घोषणापत्र जारी

काठमाडौं । बागमती प्रदेश सहकारी विकास बोर्डको आयोजनामा मकवानपुरको हेटौंडामा सञ्चालित दुई दिवसीय गोष्ठी सहकारी क्षेत्र सुधारको प्रतिबद्धता सहित सातबुँदे घोषणापत्र जारी गर्दे आज सम्पन्न भएको छ । 

सहकारी संघ संस्थाहरुको सहभागितामा ‘सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र अवसर’ विषयक कार्यशाला गोष्ठीले सहकारी अभियान सुधारका विषयहरुसहितको ७ बुँदे प्रतिवद्धता जाहेर गरेको हो । 

गोष्ठीमा राष्ट्रिय सहकारी महासंघ, प्रदेश सहकारी मन्त्रालय, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून), बागमती प्रदेश संघ र जिल्ला संघ तथा बचत संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गोष्ठीले बागमती प्रदेशमा सहकारी संस्था गठनको आवश्यकता, पहुँच एवं संस्थाहरुको तथ्यांकको आधारमा न्युनतम मापदण्ड बनाई नयाँ संस्था दर्ताको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ । 

त्यसैगरी सहकारी ऐन र नियमावलीसँग बाझिएका ऐन कानुन संशोधन गरी अभियानसँगको सहकार्यमा छुट्टै वित्तीय सहकारी ऐन जारी गर्ने, बागमतीमा रहेका सहकारी संस्थाहरुमा सुशासन कायम गर्न, मन्त्रालय र संघहरुको सहभागितमा प्रदेश र जिल्ला स्तरमा अनुगमन संयन्त्र बनाउने, अनुगमनको सूचकहरु तयार गर्ने र जनशक्तिको क्षमता अभिवृद्धि गरी संस्थाहरुको अनुगमन, स्तरीकरण र स्थिरीकरणका कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका विषयहरु प्रतिवद्धतामा उल्लेख छन् । 

प्रदेश भित्रका सहकारीको नियमनमा कानुनी र नीतिगत एकरुपता कायम गर्नका लागि स्थानीय तहहरुसँग समन्वय र सहजीकरण गर्ने र समस्यामा परेका संघसंस्थाहरुको अध्ययन गरी पुनः सञ्चालनमा ल्याउन सहयोग पुर्याउने उल्लेख छ । 

मन्त्रालय र अभियानबीचको सहकार्यमार्फत गरिबी निवारण, उत्पादन, प्रशोधन र बजारीकरणका कार्यक्रमहरु लक्षित समुदायसम्म पुर्याउन आगामी बजेटमा समावेश गरी कार्यान्वयनको पहल गर्ने, उत्पादनमूलक सहकारी संस्थाहरुको पूर्वाधार विकास र सदस्यलाई उत्पादनमा लगाउन पर्याप्त बजेट विनियोजन गर्ने विषयहरु घोषणापत्रमा उल्लेख छन् । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप