अक्कूको आयोजनामा भर्चुअल गोलमेच बैठक सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अक्कूको आयोजनामा भर्चुअल गोलमेच बैठक सम्पन्न

काठमाडौं । एशियाली ऋण महासंघ (अक्कू) को आयोजनामा सदस्य संघ संस्थाको मुलुकका सहकारीका नियामक निकाय एवम् ससदस्य संघ संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुको भर्चुअल गोलमेच बैठक आज सम्पन्न भएको छ । जुम प्लेटफर्ममार्फत आयोजित बैठकमा नेपाल, दक्षिण कोरिया र जापानको तर्फबाट सहकारी तथा साकोस अभियान, नियामक निकायको भूमिका र कानुनी व्यवस्थाहरु, अनुगमन, निरीक्षण लगायतका व्यवस्थाहरु समेटिएको प्रस्तुतिकरण गरिएको थियो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल सहभागी बैठकमा सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले नेपालको सहकारी तथा साकोस अभियान, सहकारीको संवैधानिक प्रावधान, बचत ऋण सहकारीहरुका कानूनी प्रावधानहरु, आन्तरिक लेखा परिक्षणको व्यवस्था, नेफ्स्कूनले साकोसहरुको गुणस्तर प्रमाणीकरणका लागि सञ्चालन गरेको स्तरीकरण कार्यक्रम, सहकारी ऐनमा व्यवस्था गरी पूर्ण सञ्चालनको संघारमा रहेको बचत ऋण सहकारीहरुका लागि स्थिरीकरण कोष, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण लगायतका ऐन कार्यान्वयनका विविध विषयसँगै चुनौती र सम्भावनाहरुबारे अत्यन्त सान्दर्भिक प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले सहकारी विभाग नेपालको सहकारी अभियानको प्रवर्धन र विकासमा सहयोगी निकाय भएको बताउँदै अभियानका सरोकारवालाहरुसँगको सहकार्यमा जोड दिनुभयो । 

रजिष्ट्रार पण्डितले नेफ्स्कूनले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमले साकोसहरुमा गुणस्तरीयता कायम गर्न सघाउ पुर्याएको, अक्कूको सहयोगमा सञ्चालित एक्सेस कार्यक्रमको महत्व तथा अक्कूले नेपालको साकोस अभियानको संस्थागत विकासमा खेलेको भूमिकाको समेत प्रशंसा गर्दै विभागमा एक महिना अघि मात्र आएको आफुलाई आजको कार्यक्रमबाट खासगरी एशियाली सहकारी तथा बचत ऋण सहकारी अभियान बुझ्न सहयोगी भएको धारणा राख्नुभयो ।

उहाँले आबद्धता तथा करारीय ऐक्यबद्धता, स्रोतहरुमा पहुँच र एकरुपता, कार्य सञ्चालनमा स्तरीयता र स्वनियमन र अनुशासन गरी नेफ्स्कूनको रणनीतिक मार्गचित्रमा समोवश बचत ऋण सहकारीका चार आयामहरुमा आधारित रही आफ्नो प्रस्तुतिकरण गर्नुभएको थियो । 

सन् २००३ यताको यस प्रकारको ७ औं सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका सहकारी नियामकहरु, संघ संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरु गरी ८० जना बढीको सहभागिता थियो । कार्यक्रममा अक्कूकी प्रमुख कार्यकारी अधिकृत एलेनिता भी स्यान रुकीले आगामी अगस्टको अन्त्यमा थाइल्याण्डको राजधानी बैंककमा आयोजना हुने अक्कू फोरममा सदस्य संघ संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतसँगै नियामक निकायहरुलाई पनि सहभागी गराइने तयारी भएको जानकारी गराउनुभयो । उक्त विषयमा आजको बैठकमा सहभागी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुले सहमति जनाउनुभएको थियो । यस्तै, उहाँले एशियाली मुलुकका सहकारी तथा क्रेडिट युनियनका नियामक निकायहरुको औपचारिक समूह (Asian Credit Union/Cooperative Regulators' Alliance-ACCRA) लाई फेरि सक्रिय बनाइने सोच पनि सहभागीहरुमाझ राख्नुभएको थियो । सन् २०१२ देखि नै दिगो तथा एकीकृत क्रेडिट युनियन सञ्जालको विषय उठाउँदै आएको अक्कूले सोही अवधारणालाई सदस्य तथा नियामकहरुबीच व्यापकता दिन यस प्रकारको सम्मेलन आयोजना गर्दै आएको छ ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप