विन्धबासिनी साकोसको आयोजनामा सम्पत्ती शुद्धीकरण निवारण सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विन्धबासिनी साकोसको आयोजनामा सम्पत्ती शुद्धीकरण निवारण सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न 

बनेपा/ काभ्रे तथा काठमाडांै जिल्लाभर कार्यक्षेत्र रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. ले १ दिने सम्पत्ति शुद्धीकरण निवारण सम्वन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा फागुन २८ गते सम्पन्न उक्त कार्यक्रममा नेपाल राष्ट्र बैकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले सहजीकरण गर्नुभएको थियो ।

सहजीकरण गर्नुहुदै निर्देशक दाहालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी ऐन—२०६४, नियमावली— २०७३ तथा सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशन, २०७४ (दोश्रो संशोधन, २०७७) तथा  सहकारी विभागबाट जारी भएको एकिकृत निर्देशिका—२०७८ सम्वन्धी अन्तरक्रियात्म रुपमा सहजीकरण गर्नुहुदै उहाँले यसमा सहकारीको दायित्व र जिम्मेवारी सम्वन्धी व्यवस्था स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा उहाँले सम्पत्ति शुद्धीकरणको पूर्णपालना नगर्दा हुने जोखिम तथा कार्वाही सम्बन्धी विभिन्न घट्नाहरु सहित प्रस्तुत गर्नुभएको थियो । 

सोही कार्यक्रमका अवसरमा संस्थामा स्थायी नियुक्ति हुनुभएका २१ जना कर्मचारीलाई संस्थाका अध्यक्ष प्रदिप थापाले नियुक्ति पत्र समेत प्रदान गर्नुभएको थियो ।

संस्थाका सञ्चालक समिति, उपसमिति एवं कर्मचारी सहित १३७ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भिमसेन प्रसाद सापकोटाले राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप