प्रदेश नं १ का सहकारी मन्त्री सरावगीद्वारा नेफ्स्कून लेटाङ सेवा केन्द्र अवलोकन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रदेश नं १ का सहकारी मन्त्री सरावगीद्वारा नेफ्स्कून लेटाङ सेवा केन्द्र अवलोकन

मोरङ । प्रदेश नं १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकास सरावगीले आज नेफ्स्कूनको लेटाङ सेवा केन्द्रको अवलोकन भ्रमण गरी केन्द्रका गतिविधिहरु बारे जानकारी लिनुभएको छ । उक्त अवसरमा नेफ्स्कून सञ्चालक सदस्य गोमा नेपाल, निवर्तमान कोषाध्यक्ष केशव पोखरेल, नेफ्स्कून सुनसरी फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य निल कुमार श्रेष्ठ, संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, सेवा केन्द्र इन्चार्ज गणेश भण्डारी लगायतको उपस्थिति थियो । उक्त अवसरमा मन्त्री सरावगीले नेफ्स्कून सेवा केन्द्रले सदस्य संघ संस्थाहरुलाई पुर्याएको सेवाबारे अभिरुचिपूर्वक जानकारी लिनुभएको थियो । नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पोखरेलले मन्त्री सरावगीलाई संघको उत्पादन सेवा तथा वस्तुस्थितिबारे अवगत गराउनुभएको संघको सेवा केन्द्र इन्चार्ज भण्डारीले जानकारी गराउनुभयो ।

यसैबीच, आजै नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पोखरेलले संघको विराटनगरस्थित सेवा केन्द्रको पनि भ्रमण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभएको नेफ्स्कून इटहरी फिल्ड कार्यालय इन्चार्ज मुकेश दाहालले जानकारी गराउनुभयो । उक्त अवसरमा सेवा केन्द्र इन्चार्ज विन्दा भट्टराई लगायतका कर्मचारीहरुले प्रमुख कार्यकारी अधिकृतलाई स्वागत सहित वस्तुस्थितिबारे जानकारी गराउनुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप