विविध कार्यक्रमसहित बुडोल सामुदायिक साकोसले मनायो राष्ट्रिय सहकारी दिवस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विविध कार्यक्रमसहित बुडोल सामुदायिक साकोसले मनायो राष्ट्रिय सहकारी दिवस

“मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने नाराको साथ चैत्र २० गते सम्पन्न ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काभ्रेको बनेपास्थित बुडोल सामुदायिक साकोसले विविध कार्यक्रमहरु गरेको छ । सहकारी दिवसको सन्दर्भमा धुलिखेलमा मनाईने १२ वर्षे हरिसिद्धि जात्राको अवसरमा चैत्र १९ र २० गते संस्थाले बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा निःशुल्क खानेपानी एवं मास्क वितरण तथा सुगर (मधुमेह) र ब्लड प्रेसर जाँच शिविर सम्पन्न भयो । जसमा २५५ जनाले उक्त परीक्षण गराई स्वास्थ लाभ लिनु भएको थियो ।

त्यस्तै चैत्र २० गते विहान संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व वहन अन्तर्गत धार्मिक तथा साँस्कृतिक महत्वका केहि मठ–मन्दिरहरुमा फोहोर ब्यवस्थापनको लागि कुहिने तथा नकुहिने फोहोरको लागि छुट्टा छुट्टै डस्टविन २ थान र १ थान स्ट्याण्ड सहितको डस्टविन १÷१ सेट सम्बन्धित मन्दिर ब्यवस्थापन समितिलाई हस्तान्तरण गरियो । धुलिखेलको गौखुरेश्वर मन्दिर, बनेपाको चण्डेश्वरी मन्दिर तथा नैमिषारण्य संस्कृत गुरुकुलम् र नालाको उग्रचण्डी, करुणामय, मनकामना र शुभचामुण्डा मन्दिरहरुमा उक्त डस्टविन सेट वितरण गरिएको थियो । 

सोही दिन बेलुका ३ बजे संस्थाको मुख्य कार्यालयमा सहकारी दिवसकै अवसरमा सदस्य सम्मान तथा दिपावली कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा संस्थाको २३औं वार्षिकोत्सव कार्यक्रमबाट घोषित विभिन्न विधामा उत्कृष्ट हुन सफल सदस्यहरु तथा कर्मचारीहरुलाई नगद, दोसल्ला र प्रशंसापत्र सहित सम्मान गरियो । साथै सो अवसरमा संस्थाबाट आयोजित रक्तदान कार्यक्रममा ५, १० र १५ पटक रक्तदान गर्नुहुने रक्तदाताहरु र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सहकार्य गर्ने बनेपा हेल्थ केयरलाई समेत सम्मान गरिएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप