पुतलीबजार नगरपालिकाका सहकारीहरुको अवस्था विश्लेषण तथा समिक्षा गोष्ठी सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पुतलीबजार नगरपालिकाका  सहकारीहरुको अवस्था विश्लेषण तथा समिक्षा गोष्ठी सञ्चालन

स्याङ्जा । नेफ्स्कूनले स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरेको आधारशिला कार्यक्रम अन्तर्गत आज स्याङ्जाको पुतलीबजार नगरपालिकामा सहकारी संस्थाको अवस्था विश्लेषण तथा समिक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 

स्याङ्जा जिल्ला बचत संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथिमा पुतलीबजार नगरपालिकाका निमित्त प्रमुख बाबुराम बराल हुनुहुन्थ्यो । 

स्थानीय तहसँगको सहकार्य र समन्वयमा सबै प्रकृतिका सहकारीहरुको सुशासन, वित्तीय स्थिरता, संस्थागत सक्षमता विकास लगायतका क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यसहित सञ्चालनमा रहेको आधाशिला कार्यक्रम विभिन्न स्थानीय तहसँगको सम्झौता कार्यान्वयन मार्फत अगाडि बढीरहेको छ । 

कार्यक्रमका प्रमुख अतिथि बाबुराम बरालले सहकारी क्षेत्रको विकास र प्रवर्धनमा आधारशिला कार्यक्रम कोशेढुङ्गा रहेको बताउनुभयो । कार्यक्रमको निरन्तरताले पालिका भित्रका सहकारीहरुको विकासमा टेवा पुगेको र सकारात्मक प्रभाव पारेको प्रष्ट्याउनुभयो ।  
 
जिल्ला बचत संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठले गण्डकी प्रदेशमै पहिलोचोटी पुतलीबजार नगरपालिकासँग आधारशिला कार्यक्रम कार्यान्वयन अगाडि बढेको र यसलाई अझ विस्तार गर्ने क्रममा लक्ष्य अनुरुप काम गर्न नसकिएको बताउनुभयो । आधारशिला कार्यक्रमले सहकारी क्षेत्रको जागरण, विकास, प्रवर्धन र सञ्जालिकरण गरी ४ चरण मार्फत सहकारीहरुको दीगो संस्थागत विकास र सदस्यहरुको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गर्नुभयो । 
 
कार्यक्रममा नगरपालिकाका बरिष्ट अधिकृत धनप्रसाद कोइराला, लेखा अधिकृत भोजराज ढकाल, सहकारी शाखा प्रमुख विष्णुप्रसाद ढकाल, जिल्ला सहकारी संघका उपाध्यक्ष सङ ताम्राकार, बचत संघका व्यवस्थापक हुमनारायण नेपाल लगायत ३५ सहकारीका प्रतिनिधिहरुसहित ४६ जनाको उपस्थिति रहेको थियो ।

पुतलीबजार नगरपालिकामा ७५ सहकारी सञ्चालनमा छन् । जसमध्ये आज करिब ३५ सहकारीका प्रतिनिधिहरुसँग समिक्षात्मक गोष्ठी सञ्चालन भएको छ भने भोलि सोही स्थानमा बाँकी सहकारीहरुसँगको कार्यक्रम सञ्चालन हुने नेफ्स्कून पोखरा फिल्ड कार्यालयकी इन्चार्ज यमकला सुवेदीले जानकारी गराउनुभएको छ । 

कार्यक्रम सञ्चालन फिल्ड कार्यालयकी इन्चार्ज यमकला सुवेदीले र सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत रिता सुवेदीले गर्नुभएको थियो । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप