पुतलीबजार नगरपालिकाका सहकारीहरुको अवस्था विश्लेषण तथा समिक्षा गोष्ठी सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पुतलीबजार नगरपालिकाका  सहकारीहरुको अवस्था विश्लेषण तथा समिक्षा गोष्ठी सञ्चालन

स्याङ्जा । नेफ्स्कूनले स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरेको आधारशिला कार्यक्रम अन्तर्गत आज स्याङ्जाको पुतलीबजार नगरपालिकामा सहकारी संस्थाको अवस्था विश्लेषण तथा समिक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 

स्याङ्जा जिल्ला बचत संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथिमा पुतलीबजार नगरपालिकाका निमित्त प्रमुख बाबुराम बराल हुनुहुन्थ्यो । 

स्थानीय तहसँगको सहकार्य र समन्वयमा सबै प्रकृतिका सहकारीहरुको सुशासन, वित्तीय स्थिरता, संस्थागत सक्षमता विकास लगायतका क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यसहित सञ्चालनमा रहेको आधाशिला कार्यक्रम विभिन्न स्थानीय तहसँगको सम्झौता कार्यान्वयन मार्फत अगाडि बढीरहेको छ । 

कार्यक्रमका प्रमुख अतिथि बाबुराम बरालले सहकारी क्षेत्रको विकास र प्रवर्धनमा आधारशिला कार्यक्रम कोशेढुङ्गा रहेको बताउनुभयो । कार्यक्रमको निरन्तरताले पालिका भित्रका सहकारीहरुको विकासमा टेवा पुगेको र सकारात्मक प्रभाव पारेको प्रष्ट्याउनुभयो ।  
 
जिल्ला बचत संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठले गण्डकी प्रदेशमै पहिलोचोटी पुतलीबजार नगरपालिकासँग आधारशिला कार्यक्रम कार्यान्वयन अगाडि बढेको र यसलाई अझ विस्तार गर्ने क्रममा लक्ष्य अनुरुप काम गर्न नसकिएको बताउनुभयो । आधारशिला कार्यक्रमले सहकारी क्षेत्रको जागरण, विकास, प्रवर्धन र सञ्जालिकरण गरी ४ चरण मार्फत सहकारीहरुको दीगो संस्थागत विकास र सदस्यहरुको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गर्नुभयो । 
 
कार्यक्रममा नगरपालिकाका बरिष्ट अधिकृत धनप्रसाद कोइराला, लेखा अधिकृत भोजराज ढकाल, सहकारी शाखा प्रमुख विष्णुप्रसाद ढकाल, जिल्ला सहकारी संघका उपाध्यक्ष सङ ताम्राकार, बचत संघका व्यवस्थापक हुमनारायण नेपाल लगायत ३५ सहकारीका प्रतिनिधिहरुसहित ४६ जनाको उपस्थिति रहेको थियो ।

पुतलीबजार नगरपालिकामा ७५ सहकारी सञ्चालनमा छन् । जसमध्ये आज करिब ३५ सहकारीका प्रतिनिधिहरुसँग समिक्षात्मक गोष्ठी सञ्चालन भएको छ भने भोलि सोही स्थानमा बाँकी सहकारीहरुसँगको कार्यक्रम सञ्चालन हुने नेफ्स्कून पोखरा फिल्ड कार्यालयकी इन्चार्ज यमकला सुवेदीले जानकारी गराउनुभएको छ । 

कार्यक्रम सञ्चालन फिल्ड कार्यालयकी इन्चार्ज यमकला सुवेदीले र सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत रिता सुवेदीले गर्नुभएको थियो । 

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१६ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप