साकोस शिखर गोष्ठी सहभागिताका लागि नाम दर्ता गर्ने क्रम सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस शिखर गोष्ठी सहभागिताका लागि नाम दर्ता गर्ने क्रम सुरु

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले कोभिड असहजताका कारण गत बर्ष  स्थगित गरेको साकोस शिखर गोष्ठी (साकोस समिट) सञ्चालन हुने भएको छ । यही जेठ २९ र ३० गते हुन गइरहेको चौथो समिटका लागि संघले सहभागी दर्ता फाराम खुला गरेको छ भने आजदेखि समिट सहभागिताका लागि नाम दर्ता गर्ने क्रम सुरु भएको छ । 

“दीगो एवम् एकीकृत सञ्जालको लागि नविनतम साझा प्रविधि (Shared technology for sustainable and integrated network)” भन्ने मुल भाव र संकल्प सहित चौथो साकोस समिटको आयोजनालाई निरन्तरता दिँदै लामो समयदेखि अबरुद्ध जस्तै भएको सिकाई प्रक्रियामा बचत तथा ऋण सहकारी अभियान र सरोकारवालाहरुको प्रभावकारी र क्रियाशिल सहभागिता सहित उपलब्धीमूलक सिकाई हासिल हुने अपेक्षा संघको रहेको छ । 

संघले २०६८ सालमा प्रथम साकोस समिट आयोजना गरी सोबाट प्राप्त सिकाई एवम् उपलब्धिलाई हृदयङ्गम गर्दै प्रत्येक तीन बर्षमा शिखर गोष्ठी  सञ्चालन गर्दै आइरहेको छ । दोस्रो साकोस समिट २०७१ र तेस्रो समिट २०७५ जेठ २४ र २५ गते सम्पन्न भएको थियो । दोस्रो र तेस्रो समिटले जारी गरेका घोषणापत्रहरुलाई पछ्याउँदै संघले आफ्ना वहस पैरवीलाई निरन्तरता दिँदै सुशासित र व्यवस्थित साकोस विकासमा लागिरहेको छ भने चौथो समिटको आयोजना तयारीमा जुटिरहेको छ ।

समिटमा नेपालको आर्थिक विकास एवम् सहकारी क्षेत्रमा योगदान गर्नुहुने विज्ञ साथै विश्वका सफल बचत तथा ऋण सहकारी अभ्यासमा क्रियाशिल व्यक्तिहरुबाट कार्यपत्रहरु प्रस्तुत हुनेछन् । दुइ दिवसीय उक्त गोष्ठीमा दुई वटा सामुहिक सत्र र आठ वटा ब्रेकआउट सत्र गरी जम्मा १० सत्र सञ्चालन गरिनेछ । 

चौथो समिटले नेपालको साकोस अभियानलाई सशक्त, सञ्जालिकृत, गुणात्मक र प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास संघले लिएको छ । समिट जेठ २९ र ३० गते काठमाडौंको होटल सोल्टीमा बिहान ८ः३० देखि बेलुकी ५ः०० बजे सम्म सञ्चालन हुनेछ । 

सहभागिताका लागि :

सहभागी नाम दर्ता फारामका लागि नेफ्स्कूनको वेभसाइट  https://www.nefscun.org.np मा गइ Register for SACCOS Summit बटनमा क्लिक गरी नाम दर्ता गर्न सकिनेछ भने सहभागिता शूल्क सम्बन्धी जानकारी फाराममा नै उल्लेख छ ।  

गोष्ठीमा वित्तीय सहकारी क्षेत्रका मुख्य सरोकारवाला पक्षहरु, अभियानकर्मी, नियमनकारी निकायका जिम्मेवार अधिकारीहरु, सम्बन्धित सरोकारवालाहरु एवम् विकास साझेदारहरु सहित करिब ६०० जनाको सहभागिता रहनेछ ।

नेपालको आर्थिक विकास एवम् सहकारी क्षेत्रमा योगदान गर्नुहुने विज्ञ साथै विश्वका सफल बचत तथा ऋण सहकारी अभ्यासमा क्रियाशिल व्यक्तिहरुबाट कार्यपत्रहरु प्रस्तुत हुनेछन् । 

समिटको उद्देश्य 

साकोस अभियानका महत्तम उपलब्धीहरुको आदान प्रदान गर्न साझा मञ्चको विकास हुने, 

वित्तीय सहकारीहरुमा एकरुपता कायम गर्न डिजिटाइजेशनको लागि नयाँ प्रविधिहरुको अनुकरण एवम् हस्तान्तरण गर्ने,

साकोस सञ्जाल भित्र सद्भावपूर्ण सहकार्य र उत्थानशिलता विकासका लागि योजना निर्माणमा साझा बुझाई विकास हुने, 

वित्तीय सहकारीहरुको समावेशी एवम् स्मार्ट सेवा सुनिश्चित गर्ने । 

नेफ्स्कून नेपालका बचत तथा ऋण सहकारी संस्था, जिल्ला बचत तथा ऋण सहकारी संघ र प्रदेश बचत तथा ऋण सहकारी संघहरुको राष्ट्रव्यापी प्रतिनिधित्व गर्ने एक मात्र केन्द्रीय संघ हो । संघमा हाल नेपालका ७६ जिल्लाहरुबाट प्रतिनिधित्व गर्ने ६३ जिल्ला बचत संघ सहित करिब ४३०० बचत तथा ऋण सहकारी संस्थाहरु मार्फत ३५ लाख व्यक्तिगत सदस्यहरु रहेको यस केन्द्रीय संघ विगत २०५३ (सन् १९९६) सालदेखि राष्ट्रिय सहकारी महासंघ, २०५५ (सन् १९९८) सालदेखि एशियाली ऋण महासंघ (ACCU), २०७५ (सन् २०१८) सालदेखि विश्व ऋण परिषद् (WOCCU) को सदस्य हुँदै सहकारी अभियानको विश्व सञ्जालमा क्रियाशिल रहेको छ । 
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१६ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२ घण्टा अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१६ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

पाठकबाट थप