साकोस शिखर गोष्ठी सहभागिताका लागि नाम दर्ता गर्ने क्रम सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस शिखर गोष्ठी सहभागिताका लागि नाम दर्ता गर्ने क्रम सुरु

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले कोभिड असहजताका कारण गत बर्ष  स्थगित गरेको साकोस शिखर गोष्ठी (साकोस समिट) सञ्चालन हुने भएको छ । यही जेठ २९ र ३० गते हुन गइरहेको चौथो समिटका लागि संघले सहभागी दर्ता फाराम खुला गरेको छ भने आजदेखि समिट सहभागिताका लागि नाम दर्ता गर्ने क्रम सुरु भएको छ । 

“दीगो एवम् एकीकृत सञ्जालको लागि नविनतम साझा प्रविधि (Shared technology for sustainable and integrated network)” भन्ने मुल भाव र संकल्प सहित चौथो साकोस समिटको आयोजनालाई निरन्तरता दिँदै लामो समयदेखि अबरुद्ध जस्तै भएको सिकाई प्रक्रियामा बचत तथा ऋण सहकारी अभियान र सरोकारवालाहरुको प्रभावकारी र क्रियाशिल सहभागिता सहित उपलब्धीमूलक सिकाई हासिल हुने अपेक्षा संघको रहेको छ । 

संघले २०६८ सालमा प्रथम साकोस समिट आयोजना गरी सोबाट प्राप्त सिकाई एवम् उपलब्धिलाई हृदयङ्गम गर्दै प्रत्येक तीन बर्षमा शिखर गोष्ठी  सञ्चालन गर्दै आइरहेको छ । दोस्रो साकोस समिट २०७१ र तेस्रो समिट २०७५ जेठ २४ र २५ गते सम्पन्न भएको थियो । दोस्रो र तेस्रो समिटले जारी गरेका घोषणापत्रहरुलाई पछ्याउँदै संघले आफ्ना वहस पैरवीलाई निरन्तरता दिँदै सुशासित र व्यवस्थित साकोस विकासमा लागिरहेको छ भने चौथो समिटको आयोजना तयारीमा जुटिरहेको छ ।

समिटमा नेपालको आर्थिक विकास एवम् सहकारी क्षेत्रमा योगदान गर्नुहुने विज्ञ साथै विश्वका सफल बचत तथा ऋण सहकारी अभ्यासमा क्रियाशिल व्यक्तिहरुबाट कार्यपत्रहरु प्रस्तुत हुनेछन् । दुइ दिवसीय उक्त गोष्ठीमा दुई वटा सामुहिक सत्र र आठ वटा ब्रेकआउट सत्र गरी जम्मा १० सत्र सञ्चालन गरिनेछ । 

चौथो समिटले नेपालको साकोस अभियानलाई सशक्त, सञ्जालिकृत, गुणात्मक र प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास संघले लिएको छ । समिट जेठ २९ र ३० गते काठमाडौंको होटल सोल्टीमा बिहान ८ः३० देखि बेलुकी ५ः०० बजे सम्म सञ्चालन हुनेछ । 

सहभागिताका लागि :

सहभागी नाम दर्ता फारामका लागि नेफ्स्कूनको वेभसाइट  https://www.nefscun.org.np मा गइ Register for SACCOS Summit बटनमा क्लिक गरी नाम दर्ता गर्न सकिनेछ भने सहभागिता शूल्क सम्बन्धी जानकारी फाराममा नै उल्लेख छ ।  

गोष्ठीमा वित्तीय सहकारी क्षेत्रका मुख्य सरोकारवाला पक्षहरु, अभियानकर्मी, नियमनकारी निकायका जिम्मेवार अधिकारीहरु, सम्बन्धित सरोकारवालाहरु एवम् विकास साझेदारहरु सहित करिब ६०० जनाको सहभागिता रहनेछ ।

नेपालको आर्थिक विकास एवम् सहकारी क्षेत्रमा योगदान गर्नुहुने विज्ञ साथै विश्वका सफल बचत तथा ऋण सहकारी अभ्यासमा क्रियाशिल व्यक्तिहरुबाट कार्यपत्रहरु प्रस्तुत हुनेछन् । 

समिटको उद्देश्य 

साकोस अभियानका महत्तम उपलब्धीहरुको आदान प्रदान गर्न साझा मञ्चको विकास हुने, 

वित्तीय सहकारीहरुमा एकरुपता कायम गर्न डिजिटाइजेशनको लागि नयाँ प्रविधिहरुको अनुकरण एवम् हस्तान्तरण गर्ने,

साकोस सञ्जाल भित्र सद्भावपूर्ण सहकार्य र उत्थानशिलता विकासका लागि योजना निर्माणमा साझा बुझाई विकास हुने, 

वित्तीय सहकारीहरुको समावेशी एवम् स्मार्ट सेवा सुनिश्चित गर्ने । 

नेफ्स्कून नेपालका बचत तथा ऋण सहकारी संस्था, जिल्ला बचत तथा ऋण सहकारी संघ र प्रदेश बचत तथा ऋण सहकारी संघहरुको राष्ट्रव्यापी प्रतिनिधित्व गर्ने एक मात्र केन्द्रीय संघ हो । संघमा हाल नेपालका ७६ जिल्लाहरुबाट प्रतिनिधित्व गर्ने ६३ जिल्ला बचत संघ सहित करिब ४३०० बचत तथा ऋण सहकारी संस्थाहरु मार्फत ३५ लाख व्यक्तिगत सदस्यहरु रहेको यस केन्द्रीय संघ विगत २०५३ (सन् १९९६) सालदेखि राष्ट्रिय सहकारी महासंघ, २०५५ (सन् १९९८) सालदेखि एशियाली ऋण महासंघ (ACCU), २०७५ (सन् २०१८) सालदेखि विश्व ऋण परिषद् (WOCCU) को सदस्य हुँदै सहकारी अभियानको विश्व सञ्जालमा क्रियाशिल रहेको छ । 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४१ दिन अगाडि

पाठकबाट थप