सहकारीमा संस्थागत सुशासन कायम गर्न नियमनकारी निकायलाई अधिकार सम्पन्न र सृदृढ बनाइने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा संस्थागत सुशासन कायम गर्न नियमनकारी निकायलाई अधिकार सम्पन्न र सृदृढ बनाइने

काठमाडौं । आर्थिक वर्ष ०७९-८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सहकारी मार्फत उत्पादन अभिवृद्धि र रोजागारी सृजनालाई जोड दिइ गरिबी निवारणमा योगदान पुर्याइने उल्लेख गर्नुभएको छ । त्यसैगरि नीति तथा कार्यक्रममा सहकारी संघ संस्थाको अनुगमन र संस्थागत सुशासन प्रवर्धन गर्न नियमनकारी निकायलाई अधिकार सम्पन्न र सृदृढ बनाइने कार्यक्रम समेटिएको छ । आर्थिक विकास र गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई उद्यमशिलता, उत्पादन र रोजगारीसँग आवद्ध गरिने नीति तथा कार्यक्रमले समेटेको छ ।
 
त्यसैगरि समान प्रकृति र उद्देश्य रहेका सहकारी कोषलाई एक आपसमा गाभि दक्षतापूर्वक सञ्चालन गरिने पनि नीति तथा कार्यक्रमले समेटेको छ । 

बाँझो जग्गा सदुपयोग गरि मूल्य श्रृंखलामा आधारित सामूहिक र सहकारी खेतिलाई प्रोत्साति गरिने कार्यक्रम रहेको छ । धान, मकै, आलु, प्याज, स्याउ, ओखर जस्ता बढि आयात हुने बालीको उत्पादन बृद्धि गर्न विशेष कार्यक्रम सञ्चालनमा ल्याइने उल्लेख छ । 

त्यसैगरी सरकारले पहिचान गरिएका गरिब तथा विपन्न घरपरिवारलाई राज्य सुविधा परिचयपत्र वितरण गरी गरिब तथा विपन्न घर परिवार लक्षित सेवा सुविधालाई सोही परिचयपत्रसँग आवद्ध गरिने उल्लेख गरेको छ । 

कृषिको व्यावसायिकीकरणका लागि कृषिमा आधुनिकीकरण र सूचना प्रविधिको प्रयोग बढाइने कार्यक्रममा समेटिएको छ । खाद्य वस्तुको उत्पादन बढाउने तथ प्रशोधन लागत घटाउने, अर्ग्यानिक खेती प्रणालीलाई प्रोत्साहित गरिने कार्यक्रम ल्याइने उल्लेख छ । वार्षिक नीति तथा कार्यक्रमका आधारमा आगामी जेठ १५ गते बजेट सार्वजनिक हुदैछ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप