‘उच्चस्तरीय पर्ल्स अनुुगमन प्रणाली तालिम’ सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 ‘उच्चस्तरीय पर्ल्स अनुुगमन प्रणाली तालिम’ सम्पन्न

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(चिस्कून) को संयुक्त साझेदारी कार्यक्रम अन्तर्गत चितवनका साकोस व्यवस्थापकहरुका लागि सञ्चालित उच्चस्तरी पर्ल्स अनुुगमन प्रणाली तालिम आज सम्पन्न भएको छ । 

चिस्कूनका अध्यक्ष हरिश्चन्द्र सुुवेदीको अध्यक्षतामा सुरु भएको तीन दिवसीय तालिम जेठ ९ देखि ११ गतेसम्म सञ्चालन भएको थियो । तालिम सहजीकरण नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशव प्रसाद पोख्रेलले गर्नुभएको थियो । 

कार्यक्रममा चिस्कूनकी उपाध्यक्ष एवं नेफ्स्कूनकी सञ्चालक विद्या कोईरालाले सहभागीहरुलाई स्वागत गर्नुुभएको थियो । 

संघका सचिव रामराज पौडेलले  सञ्चालन गर्नुभएको कार्यक्रममा चिस्कूनका सञ्चालकहरु मीन सुवेदी, प्रमिला ढकाल, ऋृतु गिरी, आनन्द पाण्डे, किशोर गुरुङ, शिक्षा उपसमिति सदस्य प्रदीप वाग्ले, महिला सशक्तिकरण उपसमिति सदस्य शारदा पौडेल, व्यवस्थापक अनिता न्यौपाने र फिल्ड अधिकृत पुरुषोत्तम ढकालको समेत उपस्थिति रहेको थियो । तालिममा  विभिन्न सदस्य साकोसहरुबाट २९ जना प्रशिक्षार्थीहरु सहभागी हुनुहुन्थ्यो । तालिम पश्चात सहभागीहरुको तर्फबाट प्रभात दिदीवहिनी साकोसकी सचिव साधाना पोखरेल र अथर्व साकोसका बचत प्रमुख श्रवण खनालले तालिमको उपलब्धि र प्रभावकारिता सम्बन्धी सुझावहरु राख्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप