अ‍ैंचो पैंचो साकोसको साँखुमा सदस्य सेवा केन्द्र उद्घाटन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अ‍ैंचो पैंचो साकोसको साँखुमा सदस्य सेवा केन्द्र उद्घाटन

काठमाडौं । कालिमाटीमा रहेको अ‍ैंचो पैंचो बचत तथा ऋण सहकारी संस्था लि. ले शंखरापुर नगरपालिका– ७ साँखुमा पहिलो सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले आज साँखुमा उक्त सेवा केन्द्रको उद्घाटन गर्नुभयो । 

नेफ्स्कूनका अध्यक्ष पौड्यालले अ‍ैंचो पैंचो साकोस काठमाडौंमा मोडेल साकोसको रुपमा रहेको बताउनुभयो । विभिन्न समयमा देखा परेका उतार चढाव साथै कोभिड १९ संक्रमण जोखिमका समयमा समेत साकोसले सदस्यहरुमा पुर्याएको सेवा र वित्तीय सुशासन अत्यन्त प्रशंसनीय रहेको पाएको उहाँले चर्चा गर्नुभयो । सहकारीका मूल्य, सिद्धान्त र विधि प्रविधिमा समेत साकोस अब्बल रहेको प्रति अध्यक्ष पौड्यालले खुसी व्यक्त गर्नुभयो । 

साँख्ु क्षेत्रका सदस्यहरुलाई प्रभावकारी र सहज रुपमा सेवा सुविधा पुर्याउने उद्देश्यसहित सेवा केन्द्र सञ्चालनमा ल्याइएको साकोसका अध्यक्ष दयाराम प्रजापतीले बताउनुभयो । 
उद्घाटन कार्यक्रममा साकोसका सदस्यहरु, टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधि, राजनीति कर्मी, समाजसेवी, पत्रकार, स्थानीय जनसमुदाय लगायत साकोसका समिति उपसमिति तथा कर्मचारीहरुको उपस्थिति थियो ।

स्थानीय समाजसेवी एवम् शिक्षाविद एल.पी. श्रेष्ठले साँखुका स्थानीय सदस्यहरुमा सहज सेवा पुर्याउने उद्देश्यले अ‍ैंचो पैंचो साकोसले सुरु गरेको सेवा केन्द्र सञ्चालनको कार्य प्रशंसनीय रहेको बताउँदै स्थानीयको रुपमा साकोस सञ्चालनका क्रममा आवश्यक सहयोगहरु गर्न तयार रहेको बताउनुभयो ।

२०४६ वैशाख १ गते स्थापना भएको अ‍ैंचो पैंचो साकोसमा हाल २५ सय ४३ सदस्य छन् । ४ करोड ४८ लाख ३८ हजार शेयर पुँजी रहेको साकोसको वासलात ५३ करोड ४१ लाख ५२ हजार ११६ पुगेको छ । नयाँ सदस्य सेवा केन्द्रमार्फत आजै १४ जनाले सदस्यता लिनुभएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप