पिपलबोट साकोसको २० औं स्थापना दिवस विविध सामाजिक कार्यक्रम गरी सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पिपलबोट साकोसको २० औं स्थापना दिवस विविध सामाजिक कार्यक्रम गरी सम्पन्न 

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानमा मुख्य कार्यालय रहेको पिपलबोट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो संस्थाको २०औं बार्षिक उत्सवको अवसरमा वीरेन्द्रनगर ४ मा रहेको साझा घर नेपालका अभिभावक बिहिन वालबालिकालाई शैक्षिक सामाग्री तथा फलफुल वितरण गरेको छ । शुक्रबार संस्थाले साझाघर नेपालमा रहेका ५४ जना अभिभावक बिहिन वालवालिकालाई शैक्षिक सामाग्री तथा फलफुल बितरण कार्यक्रम गरेको हो । संस्थाले हरेक बर्ष आफ्नो बार्षिक उत्सवको अवसर पारेर समुदायमा आधारित कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।

सो कार्यक्रमको अध्यक्षता सोहि संस्थाका सचिव गणेशमान खनालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक रमेश खनालले गर्नुभएको थियो । उक्त कार्यक्रममा संस्थाका सदस्यहरु, सञ्चालक समिति, सल्लाहकार समिति र उपसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी संस्थाले स्थापना दिवसकै अवसर पारेर असार ३  गते वीरेन्द्रनगर ४ का जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधिको लगायतको उपस्थितिमा वीरेन्द्रनगरको रातोपुल हुदै कालुचोक सम्म सरसफाई  कार्यक्रम र साँझ दिपावली  कार्यक्रमको समेत आयोजना गरेको थियो ।

२ छुट्टा छुट्टै कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर ४ का वडा अधयक्ष शेर बहादुर के.सी.ले सरसफाई कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने साझा घर नेपालको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष एवं सल्लाहकार शिव प्रसाद सापकोटा रहनु भएको थियो भने सरसफाई कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष मनिराम भण्डारीले गर्नु भएको थियो । शैक्षिक सामाग्री बितरण कार्यक्रम संस्थाका सचिव गणेशमान खनालको नेतृत्वमा सम्पन्न गरिएको थियो ।

साथै सरसफाई कार्यक्रमा बोल्दै संस्थाका कोषाध्यक्ष खेमराज रावतले अहिले आर्थिक क्षेत्रमा तरलता अभाव बढ्न सक्ने भएकोले संस्थाको कारोबारमा आबद्ध शेयर सदस्यहरुलाई बचत संकलनमा जोड दिन आग्रह समेत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका प्रबन्धक रमेश खनालले गर्नुभएको थियो ।

वीरेन्द्रनगर नपा कार्यक्षेत्र बनाई वित्तीय कारोबार गर्दै आईरहेको सो संस्थाको हालसम्म आईपुग्दा शेयरपुँजी १ करोड,८४ लाख, बचत संकलन ११ करोड, ऋण लगानी १३ करोड ५० लाख,संस्थागत पुँजी १ करोड ४१ लाख र संस्थाको कुल वासलात १६ करोड ६५ लाख रहेको जानकारी संस्थाका प्रबन्धक रमेश खनालले जानकारी दिनुभयो । संस्थामा हालसम्म महिला पुरुष गरी २ हजार ५ सय ५९ भन्दा सदस्यहरु आबद्ध छन् ।

सहकारी मुल्य मान्यता र सिद्धान्तको पालना गरी अगाडि बढ्दै आईरहेको सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमलाई विशेष प्राथमिकता दिँदै हरेक बर्ष आफ्नो स्थापना दिवसको अवसरमा यस्ता कार्यक्रमहरु गर्दै आईरहको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप