सहकारीका मूल्य मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्छः काशिराज दाहाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीका मूल्य मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्छः काशिराज दाहाल

जनकपुर । नेपाल सरकार, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको आयोजनामा मधेश प्रदेशस्थित जनकपुरधाममा सहकारी सुशाासन, प्रवर्धन र व्यवस्थापन विषयक प्रदेशस्तरीय अन्तरक्रिया विहिबार सम्पन्न भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशिराज दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउत, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. नम्रता सिंह, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, नेफ्स्कूनका निवर्तमान अध्यक्ष एवम् समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य डी.बी. बस्नेत, नेफ्स्कूनका सञ्चालक सदस्य हरेराम प्रसाद, स्थानीय सहकारी प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । 

समितिका अध्यक्ष काशिराज दाहालले सहकारीमा फैलिएको विकृतिलाई न्यूनीकरण गर्दै सहकारीको मूल्य मान्यतालाई आत्मसाथ गर्दै सहकारीलाई अगाडि बढाउनेतर्फ जोड दिनुभएको थियो । 
कार्यक्रम मार्फत समितिले नेपालको संविधान र प्रचलित कानुनबमोजिम पारस्परिक सहयोग, समन्वय र सहकार्यको भावना अनुरुप सहभागीहरुको आपसी सहमतिमा १० बुँदे प्रतिवद्धतापत्र जारी गरी कार्यान्वयनको प्रतिबद्धता समेत गरेको थियो । 

कार्यक्रममा प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतले देशको अर्थतन्त्रको मुख्य तीनवटा खम्बामध्ये एक सहकारी रहेकोले देशको तीनवटै खम्बामध्ये एउटा पनि कमजोर भयो भने देशको अर्थतन्त्र कमजोर हुनेहुँदा सहकारी क्षेत्रलाई सबल बनाउनुपर्नेमा जोड दिनुभएको थियो । 

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशेरी साहले सहकारी निम्न वर्गीय जनताका लागि जीवन उकास्ने आधार रहेकोले ऐन नियममा भएका कमी कमजोरीलाई सुधार गर्दै सहकारीलाई सबल बनाउनुपर्ने बताउनुभयो । मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव डा. नम्रता सिंहले मधेशका सहकारी संस्थाहरुको अवस्था र चुनौति विषयक प्रस्तुतीकरण गर्नुभएको थियो । 

मधेशका विभिन्न स्थानीय तहका सहकारी संस्था तथा सहकारी सम्बद्ध निकायका प्रतिनिधित्व गर्दै सहभागी हुनुभएका प्रतिनिधिहरुले सहकारीका समस्याहरुबारे जिज्ञासा राख्नुभएको थियो भने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारी तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सहकारी विभागका प्रतिनिधिले समस्या समाधानका उपायहरु सम्बन्धमा सुझाव प्रस्तुत गर्नुृभएको थियो ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप