बचत ऋण सहकारीमा युवा आकर्षण बृद्धि गर्न युवा सञ्जाल गठन गरिने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बचत ऋण सहकारीमा युवा आकर्षण बृद्धि गर्न युवा सञ्जाल गठन गरिने

काठमाडौं । बचत तथा ऋण सहकारीहरुमा युवा सञ्जाल विस्तारका लागि अकुनेल नेपाल च्याप्टर गठन हुने भएको छ । एशिया प्रशान्त क्षेत्रीय बचत तथा ऋण सहकारीहरुको एक मात्र छाता संगठन एशियाली ऋण महासंघ (अक्कू) ले क्रेडिट युनियनहरुमा संलग्न एसियाली युवाहरुको सञ्जाल अकुनेल (Asian Credit Union Network of Emerging Leaders (ACUNEL) गत बैशाखमा गठन गरेको थियो । आज नेफ्स्कूनद्वारा आयोजित भर्चुअल कार्यक्रममार्फत अकुनेल नेपाल च्याप्टर गठनका लागि अभियानको तर्फबाट सहमती भएको छ । 

कार्यक्रममा अक्कूकी प्रमुख कार्यकारी अधिकृत एनिलिता भि सान्रोके, प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराची, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, सदस्य सेवा विभाग प्रमुख गणेश तिमल्सिना सहित बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रमुखहरुको सहभागिता रहेको थियो । नेफ्स्कूनका बरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले कार्यक्रम सहजीकरण गर्नुभएको थियो ।

एशियाली ऋण महासंघको अगुवाइमा अकुनेल मार्फत युवा पुस्तालाई सहकारीमा आकर्षित गर्न एउटा नेटवर्क बनाई उनिहरुलाई उत्प्रेरणा गर्नको लागि आगामी अन्र्तराष्ट्रिय युवा दिवस (अगस्ट १२, २०२२) को दिन अन्र्तराष्ट्रिय भर्चुअल कार्यशाला गोष्ठीको आयोजना गर्ने कार्यक्रम रहेको अक्कूकी प्रमुख कार्यकारी अधिकृत लेनीले जानकारी गराउनुभयो ।

अक्कूका प्रमुख प्राविधिक अधिकृत हिताराचीले बचत तथा ऋण सहकारी संस्थाहरुमा युवा क्रान्ति ल्याउन सदस्यमा युवा, नेतृत्वमा युवा र प्रविधि प्रयोग र पहुँच विस्तारमा युवाको सहभागिता अभिबृद्धि गर्न अनुरोध गर्नुभएको थियो । 

आगामी अगष्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस परेको छ । उक्त दिवस लाई लक्षित गरी नेफ्स्कूनको प्राविधिक सहकार्यमा अगष्ट ६ देखि १२ ( श्रावण २१ देखि २७ गते) सम्म बचत तथा ऋण सहकारी संस्थाहरु मार्फत साप्ताहिक युवा लक्षित कार्यक्रमहरु आयोजना गरिने पनि घोषणा गरिएको छ । बचत तथा ऋण सहकारी संस्थाहरुमा युवा सहभागिता एवं नेतृत्वमा पहुँचका लागि जागरण ल्याउन कार्यक्रम केन्द्रित रहने जनाइएको छ । 

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पोखरेलले सहकारीमा युवाहरुको आकर्षण बढाउन युवा लक्षित कार्यक्रमहरु आयोजना गर्नुपर्ने बताउनुभयो । सहकारीमा युवाहरुको आकर्षण न्यून छ, यसलाई ध्यान दिँदै सहकारीप्रति युवा उत्प्रेरणा जगाउन युवामाझ सहकारी शिक्षा र जागरण अभियान लैजानुपर्ने आवश्यकता औल्याउनुभयो ।

३५ वर्षभन्दा कम उमेर समुहका युवाहरुको सहभागिता रहेको अकुनेलमा नेपालको प्रतिनिधित्व गर्दै चन्द्रागिरी साकोसकी युवा सदस्य रीजु मानन्धर पनि समितिकी सदस्य हुनुहुन्छ । आज आयोजित कार्यक्रममा अकुनेलकी युवा सदस्य मानन्धरले पनि आफ्ना अनुभवहरु सेयरिङ गर्नुभएको थियो । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप