भक्तपुरमा कोपोमिस र गोएएमएल कार्यान्वयन विषयक अन्तरक्रिया सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुरमा कोपोमिस र गोएएमएल कार्यान्वयन विषयक अन्तरक्रिया सम्पन्न

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.भक्तपुरको भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा “सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन, COPOMIS र goAML विषयक नगरस्तरिय अन्तरक्रिया कार्यक्रम भक्तपुरमा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरमा सञ्चालित सहकारीहरु समुदायमा आधारित र सदस्य केन्द्रीत रही सही मोडेलमा सफल रुपमा सञ्चालने भइरहेको बताउनुभयो । सहकारी सुशासनका लागि जारी ३५ बुँदे निर्देशन, COPOMIS र goAML ले सहकारी संस्थालाई अझ सुशासित हुन, सहकारीको तथ्यांकलाई सुव्यवस्थित गर्न र सहकारीको सम्पत्ती शुद्धिकरण निवारणका व्यवस्थाहरु अनलाइन मार्फत प्रविेदनहरु पेश तथा अद्यावधी गर्न मद्दत गर्ने भएकोले सम्पूर्ण सहकारी संस्थाले कार्यान्वनमा लानुपर्ने विचार व्यक्त गर्नु भयो । उहाँले जसरी भक्तपुर नगरपालिकाले ख्वप मोडेलको उदाहरण बन्न सक्यो त्यसरी नै सहकारी क्षेत्रमा पनि भक्तपुर नगरपालिका सहकारीहरु नमुना बन्नको लागि समेत शुभकामना व्यक्त गर्नुभयो ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन सकारात्मक रहेको बताउनुभयो । निर्देशनमा हाल प्रक्रिया नपुर्याई दर्ता भएका बहुउद्देश्यीय सहकारीबारे मौन देखिएको र सहकारी सबैले वेवसाइट राख्ने र अद्यावधि गर्न नसकिने हुँदा सहकारीको कारोबारको आधारमा बर्गिकरण गरी अनिवार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले कोपोमिसको परिचय, कोपोमिस प्रयोग गर्दाको फाइदा र हाल कोपोमिसमा भएको अद्यावधिक बारेमा प्रस्तुत गर्नुभयो । साथै goAML मा दर्ता र प्रतिवेदनहरु कसरी अनलाइनबाट बुझाउने भन्नेबारेमा समेत प्रस्तुतीकरण गर्नुभयो । राज्यले सहकारी प्रबद्र्धन र विकासको लागि नै नयाँ प्रविधिहरुको विकास गरिने भएकोले सकारात्मक सोचका साथ कोपमिस र goAML सफ्वेयरमा आबद्ध भई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका सभापति संघका सचिव जगनाथ प्रजापतिले कार्यक्रममा विभागद्वारा जारी ३५ बुँदे निदेशन, कोपोमिस र gOAML मा आबद्ध हुनु अनुरोध गनुभयो । हाल सहकारीमा सुशासनकै अभावमा सञ्चालकले घर जग्गामा लगानी, सञ्चालकको स्वार्थ र कर्मचारीको बदमासीले समस्याहरु देखिएको बताउनुभयो । ती समस्याले गर्दा सही ढंगले सञ्चालन गरेका सहकारीलाई पनि लज्जित र अभियानमै अविश्वासको वातावरण सिर्जना गराएको त्यसतर्र्फ सचेत रहन समेत अनुरोध गर्नुभयो । 

कार्यक्रममा स्वागत मन्तव्य उपसमितिका सदस्य अनिल कुमार सुवालले गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा भक्तपुर नगरका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक गरी १२४ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन उपसमितिका सदस्य राजन जतिले गर्नुभयो ।
 
भर्खरै
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

६ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

लोकप्रिय
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३२ दिन अगाडि

पाठकबाट थप