'सहकारीमा धेरै गर्न बाँकी छ, सन्तोष गरेर बस्ने बेला भएको छैन' : मन्त्री श्रेष्ठ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सहकारीमा धेरै गर्न बाँकी छ, सन्तोष गरेर बस्ने बेला भएको छैन' : मन्त्री श्रेष्ठ

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रको विकासमा अझ धेरै गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभएको छ । राष्ट्रिय सहकारी महासंघको सभाहलमा आयोजित १००औं अन्तर्राष्ट्रिय सहकारी दिवस विशेष समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले सहकारी क्षेत्रले गरेका अनुभव र व्यवहारका विषयमा अन्तर्राष्ट्रिय स्तरमा खुलेर बहस गर्ने र अनुभव आदानप्रदान गर्न सक्ने हैसियतमा पुगेको भएपनि यसैमा सन्तोष गरेर बस्ने अवस्था नरहेको बताउनुभयो । 

मन्त्री श्रेष्ठले सहकारी अभियानमा अझै पनि व्यापक रुपमा आम सर्वसाधरण जनता सहभागी हुन नसक्नु, पर्याप्त पुँजीको अभाव रहनु, व्यवस्थापकीय क्षमताको अभिवृद्धि हुन नसक्नु, संगठनात्मक कमजोरीहरु रहनु, संस्थाहरुमा पर्याप्त पूर्वाधार हरुको विकास भइनसक्नु, केही व्यक्तिहरुको वोलवाला रहनु, सुशासन र दक्षताको अभाव रहनु र यस क्षेत्रमा उत्प्रेरणाको कमी रहनुजस्ता केही कानुनी असक्षमता र असफलतापूर्ण गतिविधिले समग्र अभियानप्रति नै आक्षेप लगाउने अवस्था विद्यमान रहेको बताउनुभयो । 

मन्त्री श्रेष्ठले सहकारी क्षेत्रमा गरिएका प्रयासहरुको सापेक्षतामा आशातित सफलता हासिल हुन नसकेको बताउनुभयो । उहाँले मुलुकमा भएको राजनीतिक परिवर्तन, राज्य पुर्नसंरचना, शासकीय शैलीमा आएको परिवर्तन, जनताको बदलिँदो उच्च आकांक्षाहरु देशको आर्थिक सम्भाव्यता र सक्षमता, सामाजिक रुपान्तरणको स्थिति, प्रविधिको विकासका कारण सहकारी क्षेत्रमा सर्वसाधरणको चासो र चिन्ता बृद्धि भएको बताउनुभयो । 

सहकारी रोजगारीको प्रमुख आधारस्तम्भ भएको अवस्थामा देशको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण मानवीय विकास र पर्यावरणको संरक्षण प्रवर्धन गर्दै दिगो र फराकिलो विकास सँगसँगै गरिबी निवारणको प्रमुख आधारको रुपमा यस क्षेत्रलाई स्थापित गर्न जरुरी रहेको बताउनुभयो । 

आज १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २८ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस र २९ औं राष्ट्रिय सहकारी महासंघ दिवस एकसाथ मनाइएको थियो । 

महासंघका अध्यक्ष मिनराज कडेलको अध्यक्षतामा आयोजित समारोहमा महासंघका संस्थापक अध्यक्ष एवं पूर्वमन्त्री दिपक प्रकाश बास्कोटा, राष्ट्रिय योजना आयोगकी सदस्य एवम् महासंघकी सल्लाहकार डा.उषा झा, सहकारी मन्त्रालयका सचिव रामप्रसाद थपलिया, विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डित, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, आइएलओका कन्ट्रि डाइरेक्टर डा.रिचार्ड हवार्ड, प्रदेश सहकारी संघ, जिल्ला सहकारी संघ र विषयगत सहकारी केन्द्रीय संघका प्रतिनिधिहरु लगायत पुरस्कृत संघ संस्थाका प्रतिनिधि र सहकारी अभियानकर्मीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा सहभागी अतिथिहरुले एकसाथ परेका तीनवटै विशेष दिवसहरुको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहकारीको राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेश र सहकारीमा मूल्य, मान्यता र सिद्धान्तहरुको विषयमा संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो । 

विशेष समारोहका बीच महासंघले ६५औं राष्ट्रिय सहकारी दिवसका अवसरमा घोषण गरेका सहकारी अभियानमा महत्वपूर्ण योगदान पुर्याउने हुने व्यक्ति, संघ संस्थाहरु अन्तर्गत उत्कृष्ट राष्ट्रिय सहकारी पुरस्कार, उत्कृष्ट कर्मचारी पुरस्कार, उत्कृष्ट सहकारी पुरस्कार र सातवटै प्रदेशबाट प्रतिनिधित्व रहने गरी उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार सहित १० विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको थियो । 

पुरस्कार प्राप्त गर्नेहरुमध्येमा राष्ट्रिय सहकारी महासंघद्वारा स्थापित राष्ट्रिय सहकारी पुरस्कार २०७८ बाट वरिष्ठ सहकारी अभियन्ता विजयराज घिमिरे पुरस्कृत हुनुभएको छ । 

उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार, २०७८ बाट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.भक्तपुरका ब्यवस्थापक बालकृष्ण ध्वजु पुरस्कृत हुनु भएको छ । उत्कृष्ट सहकारी पुरस्कार २०७८ बाट जिल्ला सहकारी संघ लि. दोलखा पुरस्कृत भएको छ । 

महासंघले उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार, २०७८ अन्तर्गत सातवटै प्रदेशका उत्कृष्ट सहकारीलाई पुरस्कृत गरेको छ । जसमध्ये प्रदेश नं. १ बाट मेची बहुउद्देश्यीय सहकारी संस्था लि.दमक झापा, मधेश प्रदेशबाट बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि.,निजगढी बारा, बागमती प्रदेशबाट हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि.तिनकुने, काठमाडौं, गण्डकी प्रदेशबाट कालिगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.पैंयुपाटा, बागलुङ्ग, लुम्बिनी प्रदेशबाट सिको बचत तथा ऋण सहकारी संस्था लि.ठाकुरबाबा, बर्दीया, कर्णाली प्रदेशबाटबाट जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि.वीरेन्द्रनगर, सुर्खेत र सुदुरपश्चिम प्रदेशबाट श्री एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि.गोदावारी, कैलालीलाई पुरस्कृत गरिएको थियो । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

४ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप