लुम्बिनी प्रदेश अन्तर्गत सिको साकोसलाई ‘उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०७८’ प्रदान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लुम्बिनी प्रदेश अन्तर्गत सिको साकोसलाई ‘उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०७८’ प्रदान 

ललितपुर । लुम्बिनी प्रदेशबाट बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँस्थित सिको बचत तथा ऋण सहकारी संस्था लि. ‘उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार– २०७८’ बाट पुरस्कृत भएको छ । 

राष्ट्रिय सहकारी महासंघले आज १००औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २८ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस र २९ औं राष्ट्रिय सहकारी महासंघ दिवसको अवसरमा महासंघको सभाहलमा आयोजित विशेष समारोहका बीच उक्त पुरस्कार प्रदान गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठद्वारा उक्त पुरस्कार प्रदान गरिएको थियो । 

पुरस्कार ग्रहण गरेसँगै सिको साकोसका बरिष्ठ उपाध्यक्ष उदय बहादुर खत्रीले साकोस आवाजसँगको कुराकानीका क्रममा पुरस्कारबाट ग्रामिण क्षेत्रमा रहेर सदस्यहरुको जीवनस्तर सुधारका क्षेत्रमा अझै धेरै काम गर्ने उत्प्रेरणा मिलेको बताउनुभयो । सदस्यहरुप्रति उत्तरदायि भएर काम गर्दा त्यसको उच्च मूल्यांकन नेपालको सहकारी अभियानमा भएको र सहकारी मार्फत सदस्यहरुका आवश्यकता र चाहनालाई अझ धेरै सम्बोधन गरेर जानुपर्छ भन्नेमा हाम्रो सम्पूर्ण सिको परिवार प्रतिबद्ध भएर लागेको उहाँले प्रष्ट्याउनुभयो । 

महासंघप्रति आभार प्रकट गर्दै सफलताप्रति उहाँले सम्पूर्ण सिको साकोस परिवार र सदस्यहरु पनि धन्यवादको पात्र रहेको बताउनुभयो । 

सम्मान तथा पुरस्कार ग्रहण कार्यक्रममा सिको साकोसका महासचिव प्रकाश कुमार आचार्य र प्रमुख कार्यकारी अधिकृत हरिहर पौडेल पनि उपस्थित हुनुहुन्थ्यो ।

यसैगरी, राष्ट्रिय सहकारी महासंघद्वारा स्थापित राष्ट्रिय सहकारी पुरस्कार २०७८ बाट वरिष्ठ सहकारी अभियन्ता विजयराज घिमिरे पुरस्कृत हुनुभएको छ । 

उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार, २०७८ बाट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.भक्तपुरका ब्यवस्थापक बालकृष्ण ध्वजु पुरस्कृत हुनु भएको छ । उत्कृष्ट सहकारी पुरस्कार २०७८ बाट जिल्ला सहकारी संघ लि. दोलखा पुरस्कृत भएको छ । 

महासंघले उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार, २०७८ अन्तर्गत सातवटै प्रदेशका उत्कृष्ट सहकारीलाई पुरस्कृत गरेको छ । जसमध्ये प्रदेश नं. १ बाट मेची बहुउद्देश्यीय सहकारी संस्था लि.दमक झापा, मधेश प्रदेशबाट बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि.,निजगढी बारा, बागमती प्रदेशबाट हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि.तिनकुने, काठमाडौं, गण्डकी प्रदेशबाट कालिगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.पैंयुपाटा, बागलुङ्ग, लुम्बिनी प्रदेशबाट सिको बचत तथा ऋण सहकारी संस्था लि.ठाकुरबाबा, बर्दीया, कर्णाली प्रदेशबाटबाट जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि.वीरेन्द्रनगर, सुर्खेत र सुदुरपश्चिम प्रदेशबाट श्री एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि.गोदावारी, कैलालीलाई पुरस्कृत गरिएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप