आज १००औं अन्तर्राष्ट्रिय सहकारी दिवस, विश्वभर विविध कार्यक्रम गरि मनाइँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आज १००औं अन्तर्राष्ट्रिय सहकारी दिवस, विश्वभर विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज १००औं अन्तर्राष्ट्रिय सहकारी दिवस (कोप्स् डे) विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । 

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले यस बर्षको नारा 'Cooperatives Build a Better World' अर्थात् ‘सहकारीले समुन्नत विश्व निर्माण गर्छ’ तय गरेको छ । सदस्य र समुदायको सहकार्य र सद्भावमार्फत विश्वलाई उन्नत बनाउन सहकारीको महत्वपूर्ण योगदान रहेको भाव नारामा अन्तर्निहित छ । सन् १९९५ देखि आइसीए र संयुक्त राष्ट्र संघ अन्तर्गतको सहकारी प्रवर्धन र विकाससम्बन्धी समिति–कोप्याकले संयुक्त रुपमा आइसीएको थिम तय गर्दै आएका छन् ।

नेपालमा पनि आज २९ औं राष्ट्रिय सहकारी महासंघ दिवस मनाइँदैछ । सो अवसरमा महासंघले विशेष कार्यक्रम आयोजना गरी राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान र उत्कृष्ट सहकारी पुरस्कारहरु प्रदान गर्ने कार्यक्रम रहेको छ । महासंघद्वारा राष्ट्रिय सहकारी दिवसका अवसरमा घोषित सम्मान तथा पुरस्कारहरु प्रत्येक बर्ष अन्तर्राष्ट्रिय सहकारी दिवस अर्थात राष्ट्रिय सहकारी महासंघ दिवसका अवसरमा प्रदान गर्दै आएको छ ।

सन् १९२३ देखि प्रत्येक जुलाईको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने गरिदैं आएकोमा संयुक्त राष्ट्र संघीय महासभाले  समेत आइसीए स्थापनाको १ सय वर्ष पुगेको उपलक्ष्यमा सन् १९९५ देखि मनाउने गरी सन् १९९२ मा सोही दिनलाई आइसीए डे घोषणा गरेको थियो । जसअनुसार यो वर्ष जुलाई २ अर्थात् असार १८ गते (आज) २८ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस परेको हो । 

आइसिएका महानिर्देशक ब्रुनो रोलेन्ट्सले भनेका छन्, ‘सन् २०२१ को डिसेम्बरमा अन्तर्राष्ट्रिय सहकारी गठबन्धनले आयोजना गरेको ३३औं विश्व सहकारी महाधिवेशनमा सहकारीले कसरी आफ्नो साझा पहिचानबाट विश्वका समस्याहरू समाधान गर्न कदम चाल्न प्रेरित गरिरहेको छ भन्ने कुरामा ध्यान केन्द्रित गरेको थियो ।’

सहकारीमार्फत आत्म–सहयोग, आत्म–उत्तरदायित्व, लोकतन्त्र, समानता, ऐक्यबद्धता, इमानदारी र खुलापनको सहकारी मूल्यहरुद्वारा प्रेरित भई सामाजिक उत्तरदायित्व र अरूको हेरचाह मार्फत एक समुन्नत विश्व निर्माण गर्दैछ । 

विश्वभर सञ्चालन भइरहेका, अर्थतन्त्रका विभिन्न क्षेत्रहरूमा सहकारीहरूले आफूलाई औसतभन्दा सङ्कटमा बढी लचिलो साबित गराएका छन् । तिनीहरूले आर्थिक सहभागितालाई बढावा दिन, वातावरणीय ह्रास र जलवायु परिवर्तन विरुद्ध लड्न, राम्रो रोजगारी सिर्जना गर्न, खाद्य सुरक्षामा योगदान पुर्याउन, स्थानीय समुदायहरूमा वित्तीय पहुँच स्थापित गर्न, नैतिक मूल्य श्रृंखलाहरू निर्माण गर्न र मानिसहरूको भौतिक अवस्था र सुरक्षामा सुधार गरेर सकारात्मक शान्तिमा योगदान पुर्याउन सहकारी अब्बल बन्दै गइरहेका छन् ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप