सामूहिक साकोसको तेस्रो विस्तारित मञ्च कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामूहिक साकोसको तेस्रो विस्तारित मञ्च कार्यक्रम सम्पन्न 

भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको २५औं स्थापना दिवस र आ.व. २०७९/०८० को अनुमानित बजेट र नीति तथा कार्यक्रम विषयक छलफल सहितको विस्तारित मञ्च आज साकोसको सभाहलमा सम्पन्न भएको छ ।

साकोसका अध्यक्ष धनेशराज राजोपाध्यायबाट संस्थाको २५औं स्थापना दिवसको औचित्य र आवश्यक तयारी सम्बन्धमा जानकारी गराउनुभएको थियो । संस्थागत दिगो विकासका लागि आवश्यक मार्गनिर्देशन सहित आन्तरिक प्रक्रियाका बारेमा बोल्दै लेखा सुपरिवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठले योजनाबद्ध कार्यक्रम र निर्दिष्ट लक्ष्य तय गर्नुपर्ने बताउनुभयो । 

साकोसका कोषाध्यक्ष अशोकरत्न शाक्यले तरलता व्यवस्थापनको समस्या अहिलेको सबैको समस्या भएकोले सो समस्याबाट साकोसमा पर्न सक्ने प्रभाव व्यवस्थापनमा सबै पक्षको साथ सहयोगको आवश्यकता रहेको औल्याउनुभयो । साकोसका सचिव तथा विस्तारित मञ्च कार्यदलका संयोजक कृष्णहरि सैँजुले संस्थाले सदस्य केन्द्रित कार्यक्रममा साधारण सभा बाहेक पनि अन्य कार्यक्रमबाट सदस्यको राय सल्लाह लिन सकेमा संस्था अघि बढ्न सहज हुने बताउनुभयो । 

व्यवस्थापक कविन्द्र धौवन्जारले प्रस्तुतीकरण गरिएको उक्त कार्यक्रममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, सदस्यहरु र कर्मचारी गरी ३१ जनाको सहभागिता रहेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप