प्रभात दिदीबहिनीद्वारा सदस्यलाई फूलखेती तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रभात दिदीबहिनीद्वारा सदस्यलाई फूलखेती तालिम

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१२ स्थित प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्यहरुलाई एक दिवसीय फूल खेती तालिम प्रदान गरेको छ । यस बर्षका नजिकिंदा चाडबाडलाई लक्षित गरी फूलमा आत्मनिर्भर बन्ने उद्देश्य सहित सदस्यहरुलाई व्यावसायिक फूलखेति तालिम प्रदान गरिएको संस्थाले जनाएको छ । 

साकोसकी अध्यक्ष बिमला न्यौपाने ज्ञवालीको अध्यक्षतामा मंगलबार सुरु तालिमको सहजीकरण रामपुर कृषि क्याम्पसका अजय डि.सि ले गर्नु भएको थियो । 

तालिमका  साकोसका सञ्चालक समितिका सदस्य सहित २५ जना शेयर सदस्यहरुको सहभागिता रहेका थियो ।  तालिममा सयपत्री विरुवा उत्पादन, फूल  रोप्ने तरीका, जमिन तयार गर्ने, फूल कलमी गर्ने, फूलमा लाग्ने रोगको उपचार विधिका साथै फूल उत्पादन सम्मको प्रक्रिया बारे प्रशिक्षक अजय डि.सिले प्रशिक्षण दिनुभएको थियो । 

व्यवसायको रुपमा फूल खेती गरी आर्थिक आय उपार्जनको लागि टेवा पुग्ने उद्देश्य तालिमको रहेको अध्यक्ष न्यौपानेले जानकारी गराउनुभयो । 

साकोसकी सचिव साधना श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कार्यक्रममा फूल खेती गर्ने सदस्यको तर्फ बाट संगम महिला कृषि समुहका अध्यक्ष एंव सेवा केन्द्र संयोजक शोभा पाण्डे, फूल व्यवसायी रेखा आचार्य,   सिता सुबेदी र शकुन्तला पन्तले व्यावसायिक फूल खेतिको महत्वमाथि प्रष्ट्याउनुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप