साकोस सञ्चालकहरुका लागि नविनतम नेतृत्व विकास तालिम प्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस सञ्चालकहरुका लागि नविनतम नेतृत्व विकास तालिम प्रदान

सर्लाही । मधेश प्रदेशका बचत तथा ऋण सहकारी संस्थाको नेतृत्व तहमा रहेकाहरुलाई नविनतम नेतृत्व विकास तालिम प्रदान गरिएको छ । नेफ्स्कून फिल्ड कार्यालय सर्लाहीको आयोजनामा सञ्चालित दुई दिवसीय तालिममा सर्लाही, महोत्तरी र रौतहटका बचत तथा ऋण सहकारी संस्थाका ३३ जना सञ्चालकहरुको सहभागिता रहेको थियो ।

श्रावण १५ र १६ गते सगुन साकोस सर्लाहीको सभाहलमा आयोजित तालिमको अध्यक्षता नेफ्स्कून सर्लाही फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य विभु कुमार पोखरेल र प्रमुख आतिथ्यता सर्लाही जिल्ला बचत संघका अध्यक्ष बाबुराम घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला बचत संघका कोषाध्यक्ष मन्दिरा आचार्य र सगुन साकोसका अध्यक्ष केशव ढकालको आतिथ्यता रहेको थियो । 

जिल्ला बचत संघका अध्यक्ष बाबुराम घिमिरेले हिजोको कुरा आज पुरानो हुने भएकोले सहकारीकर्मीले सँधै नयाँ कुरा सिक्ने कौतुहलता राख्नुपर्ने बताउनुभयो । उहाँले सहकारीमा मात्र नभइ सिङ्गो समाजमा सहकारीकर्मीले नेतृत्वदाई भुमिका खेल्नुपर्ने वताउनु भयो । 

सगुन साकोसका अध्यक्ष केशव ढकालले नेफ्स्कूनद्वारा सञ्चालित तालिम गुणस्तरीय हुने विश्वास व्यक्त गर्दै नेफ्स्कूनले बचत तथा ऋण सहकारी अभियानलाई गुणात्मकता प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।  

सभाध्यक्ष विभु कुमार पोखरेलले तालिमवाट सिकेका कुराहरुलाइ अधिकतम संस्थामा कार्यन्वयन गर्न अनुरोध गर्दै तालिमले साकोसको गुणस्तरीय विकासमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 तालिममा सहभागी सहकारीकर्मी डाकुरनाथ खतिवडाले तालिमबाट प्राप्त सिकाइ कार्यान्वयन गर्न सके नेतृत्वकलामा नयाँ आयाम विकास गर्न र साकोस सञ्चालनमा गुणस्तर कायम गर्न सघाउ पुग्ने विश्वास  व्यक्त गर्नुभयो ।

तालिमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्काले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन फिल्ड कार्यलय सर्लाहीका इन्चार्ज महेश वरालले गर्नु भएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप