साकोस सञ्चालकहरुका लागि नविनतम नेतृत्व विकास तालिम प्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस सञ्चालकहरुका लागि नविनतम नेतृत्व विकास तालिम प्रदान

सर्लाही । मधेश प्रदेशका बचत तथा ऋण सहकारी संस्थाको नेतृत्व तहमा रहेकाहरुलाई नविनतम नेतृत्व विकास तालिम प्रदान गरिएको छ । नेफ्स्कून फिल्ड कार्यालय सर्लाहीको आयोजनामा सञ्चालित दुई दिवसीय तालिममा सर्लाही, महोत्तरी र रौतहटका बचत तथा ऋण सहकारी संस्थाका ३३ जना सञ्चालकहरुको सहभागिता रहेको थियो ।

श्रावण १५ र १६ गते सगुन साकोस सर्लाहीको सभाहलमा आयोजित तालिमको अध्यक्षता नेफ्स्कून सर्लाही फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य विभु कुमार पोखरेल र प्रमुख आतिथ्यता सर्लाही जिल्ला बचत संघका अध्यक्ष बाबुराम घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला बचत संघका कोषाध्यक्ष मन्दिरा आचार्य र सगुन साकोसका अध्यक्ष केशव ढकालको आतिथ्यता रहेको थियो । 

जिल्ला बचत संघका अध्यक्ष बाबुराम घिमिरेले हिजोको कुरा आज पुरानो हुने भएकोले सहकारीकर्मीले सँधै नयाँ कुरा सिक्ने कौतुहलता राख्नुपर्ने बताउनुभयो । उहाँले सहकारीमा मात्र नभइ सिङ्गो समाजमा सहकारीकर्मीले नेतृत्वदाई भुमिका खेल्नुपर्ने वताउनु भयो । 

सगुन साकोसका अध्यक्ष केशव ढकालले नेफ्स्कूनद्वारा सञ्चालित तालिम गुणस्तरीय हुने विश्वास व्यक्त गर्दै नेफ्स्कूनले बचत तथा ऋण सहकारी अभियानलाई गुणात्मकता प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।  

सभाध्यक्ष विभु कुमार पोखरेलले तालिमवाट सिकेका कुराहरुलाइ अधिकतम संस्थामा कार्यन्वयन गर्न अनुरोध गर्दै तालिमले साकोसको गुणस्तरीय विकासमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 तालिममा सहभागी सहकारीकर्मी डाकुरनाथ खतिवडाले तालिमबाट प्राप्त सिकाइ कार्यान्वयन गर्न सके नेतृत्वकलामा नयाँ आयाम विकास गर्न र साकोस सञ्चालनमा गुणस्तर कायम गर्न सघाउ पुग्ने विश्वास  व्यक्त गर्नुभयो ।

तालिमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्काले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन फिल्ड कार्यलय सर्लाहीका इन्चार्ज महेश वरालले गर्नु भएको थियो । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप