बचत तथा ऋण सहकारी अभियानमा उदाहरणीय बन्दै बिन्धबासिनी साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बचत तथा ऋण सहकारी अभियानमा उदाहरणीय बन्दै बिन्धबासिनी साकोस

काभ्रे । ४६ हजार शेयर सदस्य र नौ हजार २५ बाल बचत कर्तालाई सेवा दिईरहको काभ्रेको बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाले ४ अर्ब ३० करोड रुपैंया बराबरको कारोबार गर्न सफल भएको छ । साकोसले शनिबार वार्षिक समिक्षा तथा रणनीतिक कार्यशाला गोष्ठीको आयोजना गरी सबल पक्ष, कमजोर पक्ष, अवसर र चुनौती पहिचान तथा विश्लेषण सहित चालु आर्थिक बर्षको कार्यदिशा तय गरेको छ । 

सहकारीका सिद्धान्त, मुल्य, मान्यता, ऐन, नीति नियमलाई अंगिकार गर्दै साकोसले काभ्रेपलाञ्चोक, काठमाडौ र भक्तपुर जिल्ला (सूयविनायक नगरपालिका) लाई कार्यक्षेत्र बनाई १५ वटा सेवा कार्यालय मार्फत ५५ हजार भन्दा बढीलाई प्रत्यक्ष सेवा दिईरहेको प्रमुख कार्यकारी अधिकृत के.बी. लामाले जानकारी गराउनुभयो ।

एशियाली ऋण महासंघ (अक्कू) बाट पहिलो पटक एशियाली स्तरको प्रमुख कार्यकारी अधिकृत अन्तर्राष्ट्रिय अवार्ड २०२१ प्राप्त गर्न सफल यस संस्थाले अन्तर्राष्ट्रिय पुरस्कार क्यूमी अवार्ड, एशियाली ऋण महासंघबाट एशियाली स्तरको एक्सेस ब्राण्ड, अमेरिकामा रहेको मिक्स मार्केटबाट पाँचतारा चिन्ह समेत पाईसकेको छ भने राष्ट्रिय स्तरमा समेत विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेको छ ।

सहकारी क्षेत्रमा नविनतम प्रविधिलाई सदस्य माझ पु¥याउन संस्थाले विभिन्न सेवा प्रदायक कम्पनीहरुसँग समन्वय गरी मोवाईल बैकिङ सेवा, एटिएम सेवा, नविनतम कृषि प्राविधिक सेवा,  आयमुलक सिपमुलक तालिम, उद्यमशिलता तालिम, वित्तीय साक्षरता कार्यक्रम गर्दै आईरहेको यस संस्थाले सदस्यहरुलाई आपत विपत पर्दा विभिन्न राहत कार्यक्रम मार्फत रु. ८१ हजार सम्म सुविधा पाउने व्यवस्था गरेको छ ।

कार्यक्रम साकोसका उपाध्यक्ष भिमसेन प्रसाद सापकोटाको सभापतित्वमा सुरु भएको थियो । गत आर्थिक वर्षको समिक्षा साथै चालु आर्थिक वर्षको व्यवसायिक रणनीति तय गरिएको उक्त कार्यक्रममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, सेवा कार्यालय व्यवस्थापन उपसमितिका पदाधिकारी एवं उच्च व्यवस्थापनको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीलाई  साकोसका कोषाध्यक्ष शान्तकुमार श्रेष्ठले  स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सञ्चालक समितिका सदस्य डोरेन्द्रराज सापकोटाले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप