पोखरामा सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरामा सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन

कास्की । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजना र कास्की जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को व्यवस्थापन सहयोगमा कास्कीका बचत तथा ऋण सहकारी संस्थाहरुका लागि कोपोमिस तालिम प्रदान गरिएको छ । 

श्रावण १६ गते सञ्चालित एक दिवसीय तालिममा कास्कीका विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुबाट गरी ६४ जनाको सहभागिता रहेको थियो । 

तालिमको अध्यक्षता कास्की जिल्ला बचत संघका अध्यक्ष भेषराज बराल र प्रमुख आतिथ्यता नेफ्स्कूनका सञ्चालक सदस्य कमला देवी गिरीले गर्नुभएको थियो । 

नेफ्स्कूनकी सञ्चालक सदस्य गिरीले कास्की जिल्लामा सञ्चालित सहकारी संघ संस्थाहरुलाई कोपोमिसमा अनिवार्य संस्थागत विवरण भर्न लगाउने उद्देश्य तालिमको रहेको बताउनुभयो । 

सहकारी विभागद्वारा जारी सूचनाको सबैले पालना गर्नुपर्ने र सहकारी सम्बन्धी वास्तविक तथ्यांक संकलन सबैको जिम्मेवारी भएको हुँदा सबै सहकारी संघ संस्थाहरुले अनिवार्य रुपमा सहकारीका समष्टिगत विवरण भर्न अनुरोध गर्नुभएको थियो । 

बचत सघंका अध्यक्ष भेषराज बरालले समष्टिगत विवरण फाराममा उल्लेख गरिएका विषयहरुसँग सम्बन्धित सम्पूर्ण सूचना भरेर अभियानलाई सहयोग गर्न बचत तथा ऋण सहकारी संस्थाहरुलाई अनुरोध गर्नुभएको थियो । 

बचत सघंका उपाध्यक्ष श्रीकान्त ढुगांनाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सञ्चालन बचत सघंका कोषाध्यक्ष शेरबहादुर कार्कीले गर्नुभएको थियो ।

कोपोमिस तालिम सहजीकरण नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवेदीले गर्नुभएको थियो । त्यस्तै नेफ्स्कूनका सेवाहरु सम्बन्धमा पोखरा फिल्ड कार्यालयकी इन्चार्ज यमकला सुवेदीले प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यक्रम अधिकृत सुर्य प्रसाद तिमिल्सीना, बरिष्ठ सहायक दिप्ती आचार्य र बचत संघका व्यवस्थापक इन्दिरा थापाले व्यवस्थापन सहजीकरण गर्नुभएको थियो । 

सहकारी तथा गरिबी निवारणसम्बन्धी सूचना व्यवस्थापन प्रणाली ९कोपोमिस० कार्यान्वयनका लागि सहकारी विभागले प्रदेश सरकार, स्थानीय तह र सहकारी संघ संस्थाहरुलाई पत्राचार गरी यही मंसिरभित्र सबै सहकारीलाई कोपोमिस सिस्टममा ल्याउने तयारी गरेको छ । 

नेफ्स्कूनले आफ्ना सबै फिल्ड कार्यालयहरु मार्फत कोपोमिसमा सहकारीका डाटा प्रविष्टिका लागि तालिम तथा अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गरिरहेको छ भने पछिल्ला दिनहरुमा ठूलो संख्यामा बचत तथा ऋण सहकारी संस्थाहरुले सहकारीका समष्टिगत डाटा प्रविष्टि गरिरहेका छन् । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप