भक्तपुर जिल्ला बचत संघको चार वर्षीय व्यावसायिक योजना निर्माणः ५० प्रतिशत स्रोत बृद्धिको लक्ष्य
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर जिल्ला बचत संघको चार वर्षीय व्यावसायिक योजना निर्माणः ५० प्रतिशत स्रोत बृद्धिको लक्ष्य

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले त्रिवर्षीय आर्थिक समिक्षा प्रस्तुत गर्दै ६३ प्रतिशतले स्रोत बृद्धि भएको जनाएको छ । गत बर्षका तुलनामा यस आ.व. ०७८/०७९ मा ६३ प्रतिशत स्रोत बृद्धि भई संघको कुल वासलात १ अर्व ६९ करोड ४९ लाख भएको र अनुमानमा  ८८  प्रतिशतले प्रगति भएको विवरण संघका कोषाध्यक्ष कान्छाभक्त घजुले प्रस्तुत गर्नुभएको हो । 

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुको अध्यक्षतामा श्रावण १४ गते शनिवार आयोजित बार्षिक समिक्षा तथा चार वर्षीय रणनीतिक व्यावसायिक योजना निर्माण कार्यक्रम मार्फत संघको व्यावसायिक लक्ष्य प्राप्तिको समिक्षा गरिएको थियो ।   

संघका अध्यक्ष लाखाजुले विश्व अर्थतन्त्रमै मन्दी देखिन थालेको र यसको असर नेपालमा पनि परेको कारण बजारमा व्याजदर बढ्नु, बचत निक्षेप संकलनमा कमी हुनु, ऋण माग बढ्नु जस्ता वित्तीय संकटका संकेतहरु भोग्नुपरिरहेको बताउनुभयो । हालसालै प्रकाशित मौद्रिक नीतिले पनि ऋण लगानीलाई निरुत्साहित गर्ने नीति लिएकोले सहकारी संस्थाहरुले पनि ऋण लगानीलाई जोड नदिई वित्तीय संकटको सामना गर्न तयारी अवस्थामा रहनुपर्ने विचार व्यक्त गर्नुभयो ।

२०२ वटा सदस्य संस्था आबद्ध भक्तपुर बचत संघले सदस्यहरुलाई दिँदै आएको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन नयाँ सफ्टवेयर प्रयोगमा ल्याइएको जनाएको छ । 

विद्यमान तरलता अभावका कारण बचत धेरै फिर्ता हुनुको साथै ऋण माग पनि बढी भएकोले ऋण लगानीमा बृद्धि भई गत बर्षको तुलनामा संघको नाफामा ६ प्रतिशतले बृद्धि भएको र संघ कुल २ करोड ३७ लाख नाफा गर्न सफल भएको संघका कोषाध्यक्ष कान्छाभक्त घजुले जानकारी गराउनुभयो ।  

संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको बार्षिक अनुमानित बजेट तथा कार्यक्रमबारे प्रस्तुतिकरण गर्दे आगामी चार बर्षमा रु.२ अर्व ४८ करोडको वासलात र ४ करोड १४ लाखको वितीय विवरण र अन्तर सदस्य सहकारी भुक्तानी प्रणालीको विकास समेतको योजना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य, सचिव जगनाथ प्रजापतिले कार्यक्रम प्रगति र लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले शुभकामना मन्तव्य राख्नुभएको थियो । गोष्ठीमा संघको समिति, उपसमिति र कर्मचारी गरी ३९ जनाको सहभागिता रहेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप