ललितपुरमा साकोस प्रतिनिधिहरुका लागि कर योजना तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ललितपुरमा साकोस प्रतिनिधिहरुका लागि कर योजना तालिम सञ्चालन

ललितपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ललितपुर फिल्ड कार्यालयको आयोजनामा जिल्लाका २७ बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुलाई कर योजना तालिम प्रदान गरिएको छ । 

तालिममा विभिन्न २७ बचत तथा ऋण सहकारी संस्थाबाट गरी १९ जना महिला र ८ जना पुरुष सहित २७ जनाको सहभागिता रहेको थियो । 

लेखा परिक्षक प्रधुम्न घिमिरेले सहजीकरण गर्नुभएको उक्त तालिममा करको परिचय, उद्देश्य, कर योजनाको तरिका, वर्गीकरण, सहकारी संस्थामा आयकर दर, सहकारीमा करको लेखाकंन गर्ने तरिका, शुल्क तथा जरीवाना लगायतका विषय केन्द्रीत प्रशिक्षण गरिएको थियो । 

तालिमको समापन नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् प्राचार्य सञ्जयराज तिमिल्सीनाको उपस्थितिमा भएको थियो । प्राचार्य तिमिल्सीनाले बचत तथा ऋण सहकारी अभियानलाई सबलीकृत गर्न नेफ्स्कूनको निरन्तरको पहलकदमीका बारेमा जानकारी गराउनुभएको थियो । साथै संघले तालिम तथा शिक्षाको पाटोमा महत्वपूर्ण कार्यक्रमहरु ल्याइरहेको र चालु आर्थिक वर्षमा मात्रै १२ सय भन्दा बढी तालिम सञ्चालन गर्ने योजना संघको रहेको उहाँले बताउनुभयो । नेफ्स्कूनले स्तरीकरणका कार्यक्रम मार्फत सुशासित, सुदृढ र सबल सहकारी निर्माणमा जोड दिएको पनि प्राचार्य तिमिल्सीनाले स्पष्ट पार्नुभयो ।   

तालिमका सहभागी प्रतिनिधिहरुले कर योजना तालिम अत्यन्तै उपयोगी रहेको र तालिम बाट प्राप्त ज्ञान सिकाइले साकोस सञ्चालनमा सहजता ल्याउने बताएका थिए । तालिम सञ्चालन तथा व्यवस्थापन सहजीकरण ललितपुर फिल्ड कार्यालयका ईन्चार्ज दिनेश गौतमले गर्नु भएको थियो । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

पाठकबाट थप