ललितपुरमा साकोस प्रतिनिधिहरुका लागि कर योजना तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ललितपुरमा साकोस प्रतिनिधिहरुका लागि कर योजना तालिम सञ्चालन

ललितपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ललितपुर फिल्ड कार्यालयको आयोजनामा जिल्लाका २७ बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुलाई कर योजना तालिम प्रदान गरिएको छ । 

तालिममा विभिन्न २७ बचत तथा ऋण सहकारी संस्थाबाट गरी १९ जना महिला र ८ जना पुरुष सहित २७ जनाको सहभागिता रहेको थियो । 

लेखा परिक्षक प्रधुम्न घिमिरेले सहजीकरण गर्नुभएको उक्त तालिममा करको परिचय, उद्देश्य, कर योजनाको तरिका, वर्गीकरण, सहकारी संस्थामा आयकर दर, सहकारीमा करको लेखाकंन गर्ने तरिका, शुल्क तथा जरीवाना लगायतका विषय केन्द्रीत प्रशिक्षण गरिएको थियो । 

तालिमको समापन नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् प्राचार्य सञ्जयराज तिमिल्सीनाको उपस्थितिमा भएको थियो । प्राचार्य तिमिल्सीनाले बचत तथा ऋण सहकारी अभियानलाई सबलीकृत गर्न नेफ्स्कूनको निरन्तरको पहलकदमीका बारेमा जानकारी गराउनुभएको थियो । साथै संघले तालिम तथा शिक्षाको पाटोमा महत्वपूर्ण कार्यक्रमहरु ल्याइरहेको र चालु आर्थिक वर्षमा मात्रै १२ सय भन्दा बढी तालिम सञ्चालन गर्ने योजना संघको रहेको उहाँले बताउनुभयो । नेफ्स्कूनले स्तरीकरणका कार्यक्रम मार्फत सुशासित, सुदृढ र सबल सहकारी निर्माणमा जोड दिएको पनि प्राचार्य तिमिल्सीनाले स्पष्ट पार्नुभयो ।   

तालिमका सहभागी प्रतिनिधिहरुले कर योजना तालिम अत्यन्तै उपयोगी रहेको र तालिम बाट प्राप्त ज्ञान सिकाइले साकोस सञ्चालनमा सहजता ल्याउने बताएका थिए । तालिम सञ्चालन तथा व्यवस्थापन सहजीकरण ललितपुर फिल्ड कार्यालयका ईन्चार्ज दिनेश गौतमले गर्नु भएको थियो । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप