काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लि. नेपालले सदस्य संघ संस्थाहरुलाई वित्तीय जोखिम विश्लेषण गरी सामान्य अवस्थामा भन्दा बढी तरलता कायम राख्न अपिल गरेको छ ।
महासंघले आज ९ बुँदे अपिल जारी गर्दै कोभिड–१९ को महामारी, रुस–युक्रेन युद्धसँगै वस्तु तथा सेवाहरुको मुल्यबृद्धि र मुद्रास्फीतिको असर पर्न गई नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा समेत लगानीयोग्य रकमको अभाव भएको अवस्थामा वित्तीय जोखिम विश्लेषण गरेर मात्र लगानी गर्न अनुरोध गरेको हो ।
करिब एक बर्षदेखि देखिएको तरलता संकटको असर सहकारी क्षेत्रमा समेत देखिन थालेकोले महासंघले आफ्ना सदस्य संघ संस्थाहरुलाई सामान्य अवस्थामा भन्दा बढि तरलता कायम राखेर कारोबार गर्न अपिल गरेको छ ।
महासंघले सदस्य एवंम् सरोकारवाला निकायहरुसँग संस्थाको वर्तमान अवस्थाको बारेमा निरन्तर समन्वय र सम्वाद जारी राख्न, सहकारीका मूल्य, मान्यता र सिद्धान्त बमोजिम आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त राख्दै संस्थागत सुशासन कायम गर्न र जोखिम विश्लेषण कार्यविधि तयार गरी जोखिम न्यूनीकरणका लागि योजनावद्ध तथा प्रभावकारी रूपमा असुलीमा केन्द्रित रहन आग्रह गरेको छ ।
महासंघले परिस्थिति सहज नहुदासम्म घरजग्गा लगायत अनुत्पादक क्षेत्र एवं ठूला लगानी नगर्न सहकारी संघ संस्थाहरुलाई अपिल गरेको छ । महासंघ, संघ एवं सहकारी बैंकले सञ्चालन गरेका स्तरीकरण कार्यक्रम एवं तालिमहरूमा सहभागी भई संस्थागत क्षमता मजवुद बनाउन र सहकारी अभियानको ऐक्यवद्धतालाई कायम राख्न माथिल्लो संघहरूसँग नियमित सम्पर्कमा रहदै यथासम्भव अभियानभित्रै कारोबार गर्न अपिल गरेको छ ।
राष्ट्रिय सहकारी बैंक, केन्द्रीय, प्रदेश तथा जिल्लास्तरीय संघहरूले आफ्ना सदस्य संस्थाहरूसँग नियमित सम्पर्क र समन्वय गरी संस्था सञ्चालनमा आवश्यक सहजीकरण गर्न र सदस्यहरूले समेत अस्वाभाविक ब्याजको लोभमा नपरी संस्थागत क्षमता भएका र सुशासनमा सञ्चालित संस्थाहरूसँग मात्र कारोबार गर्न महासंघको अपिल छ ।
१८ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१३ दिन अगाडि
१५ दिन अगाडि
२६ दिन अगाडि
१८ दिन अगाडि
१८ दिन अगाडि
१६ दिन अगाडि
१८ दिन अगाडि
२४ दिन अगाडि
३१ दिन अगाडि