‘सहकारीको नेतृत्वमा नैतिकता र सुशासन अपरिहार्य छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारीको नेतृत्वमा नैतिकता र सुशासन अपरिहार्य छ’

बनेपा । मोडल बचत तथा अण सहकारी संस्था लि. बनेपाको आयोजनामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बाट सञ्चालित पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) अन्तर्गत २५ औं कार्यकुशलता तथा सिकाई व्यवस्थपन कार्यशाला सम्पन्न भएको छ । 

कार्यक्रम मोडल साकोसका अध्यक्ष कृष्ण प्रसाद तिमल्सिनाको अध्यक्षता र नेफ्स्कून अध्यक्ष परितोष पौड्यालको प्रमुख अतिथ्यतामा शुरु भएको थियो ।

नेफ्स्कूनका अध्यक्ष पौड्यालले अहिले देखिएको आर्थिक संकुचनको अवस्थालाई संकेत गर्दै बचत ऋण अभियानलाई दिगो र समान गर्ने शक्ति निर्माणका लागि नेफ्स्कूनले कोभिडको शुरुवातीमै हालको अवस्था आउनसक्ने पुर्वअनुमान गरी साकोसहरुलाई व्यवसाय निरन्तरता योजना र विपत्त जोखिम न्यूनिकरणका बारेमा सहजिकरण गरेको जानकारी गराउनुभयो । 

बचत ऋण सहकारीका चार सिद्धान्त (सदस्य सुरक्षा सिद्धान्त, शुसानको सिद्धान्त, सञ्चालन सिद्धान्त र सुरक्षा तथा स्वस्थताको सिद्धान्त) मा नहिंड्दाको परिणाम अहिले केही साकोसहरुमा देखिएको तर्फ संकेत गर्दै हरेक साकोसका नेतृत्वलाई सहकारीको सिद्धान्त अनुरुप हिड्नको लागि आग्रह गर्नुभयो । साथै अध्यक्ष पौड्यालले नेतृत्वमा नैतिकता र सुशासन हुनुपर्नेमा समेत जोड दिनुभयो । 

अव प्रविधिको प्रयोग बिना वित्तीय कारोबार असम्भव प्रया भएकोले सबै साकोसहरुले आफ्ना सदस्यहरुलाई प्रविधिमैत्री बनाउनको लागि प्रविधि सम्बन्धी साक्षरता कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो । हाल देखिएको आर्थिक संकुचन अझै केही समय जाने संकेत देखिएको बताउँदै उक्त चुनौतीको समान गर्नको लागि साकोसहरुलाई विभिन्न रणनीतिहरुको बारेमा समेत चर्चा गर्नुभएको थियो । 

कार्यक्रममा क्लष्टरमा आबद्ध ज्योतिर्मिमिरे सामुहिक साकोस (काभ्रे पनौती), लक्ष्मी महिला साकोस (काभ्रे पनौती), श्रीमाई बज्रबाराही साकोस (ललितपुर), नवयुवा साकोस (ललितपुर), पद्मावती साकोस (ललितपुर), एकता साकोस (काठमाडौं), होस्टेहैंसे साकोस (काठमाडौं) र मोडल साकोस (काभ्रे वनेपा) का सञ्चालक समिति र  व्यवस्थापन गरी जम्मा ३५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा  नेफ्स्कून कार्यक्रम अधिकृत कोमल राज अधिकारीले हाल देशको अर्थतन्त्रको अवस्था र यसमा नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीतिहरुको बारेमा जानकारी गराउँदै साकोसहरुले यस अवस्थाको सामना गर्नका लागि चाल्नुपर्ने कदमहरुको विषयमा चर्चा गर्नुभएको थियो । 

कार्यक्रममा हरेक साकोसहरुले आफ्नो प्रस्तुतीकरण गर्दै एक अर्कोमा असल अभ्यास र अनुभवहरुको साटासाट गर्नुभएको थियो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप