“सहकारी अभियान उन्नतिको आधार हो” बोलको नयाँ साकोस गान सार्वजनिक : शब्दसहित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
“सहकारी अभियान उन्नतिको आधार हो” बोलको नयाँ साकोस गान सार्वजनिक : शब्दसहित

काठमाडौं । नेपालको बचत तथा ऋण सहकारी अभियानमा “सहकारी अभियान उन्नतिको आधार हो” बोलको नयाँ साकोस गान सार्वजनिक भएको छ । नेफ्स्कूनले ३५औं स्थापना दिवसको अवसरमा सार्वजनिक गरेको नयाँ गीतका रचनाकार सर्जक प्रकाश भूर्तेल र संगितकार शिशिर योगी हुनुहुन्छ । साकोस गीतको लोकार्पण नेफ्स्कूनको ३५औं स्थापना दिवस विशेष समारोहका अवसरमा श्रावण ३१ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गर्नुभएको थियो । 

गीतको संगित संयोजन नेपालका लोकप्रिय संगितकार तथा संगित संयोजक बी.बी.अनुरागीले गर्नुभएको छ । शिशिर योगी र श्रृती योगीको सामुहिक स्वर रहेको साकोस गीतको ध्वनी सम्पादन चर्चित युवा सम्पादक श्यामस्वेत रसाइलीले गर्नुभएको छ । १ मिनेट ४० सेकेण्डको गीतलाई बीच बीचमा बासुरी र सारङ्गीका धुनहरु जोडेर २ मिनेट ५० सेकेण्डको बनाइएको छ । नृत्य राख्न सकिने र गीत मात्रै पनि गाउन सकिने गरी रचना भएको यस गीतका रचनाकार एवम् सर्जक प्रकाश भूर्तेल, २०६८ सालदेखि सहकारी अभियानमाझ लोकप्रिय बनिरहेको हातमा हात मिलाउँ, साथमा साथ मिलाउँ गीतका सर्जक हुनुहुन्छ । सहकारी अभियन्ता समेत रहनुभएका भूर्तेलले गीत मार्फत सहकारी क्षेत्रको विकास र प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ । 

नेफ्स्कूनले सहकारी गीत रचनाका लागि सर्जकहरुलाई आव्हान गरेको थियो भने १६ जना सर्जकहरुले गीत सहितको निवेदन पेश गर्नुभएको थियो । प्राप्त गीतहरु छनोटका लागि संस्कृत विश्वविद्यालयका प्राध्यापक डा.सुधन पौडेल, प्राध्यापक केशव सुवेदी, नेफ्स्कूनका महासचिव दामोदर अधिकारी सहितको छनोट समितिले प्रथम, द्वितीय र तृतीय गीत छनोट र शब्द सम्पादन गर्नुभएको थियो । 

छनोट भएका तीनवटा गीतहरुमध्ये सर्जक तुलसीहरि प्रजापतीको रचना तृतीय, सर्जक लक्ष्मी नारायण दुवालद्वारा रचित गीत द्वितीय र सर्जक प्रकाश भूर्तेलद्वारा रचित गीत प्रथम भएको थियो । 

स्थापना दिवस विशेष समारोहका अवसरमा सर्जक भूर्तेल, गीत छनोट समितिमा रहनुभएका प्रा.डा. सुधन पौडेल र प्रा.केशव सुवेदीलाई सम्मान गरिएको थियो । 

सहकारी अभियान माझ श्रावण ३१ गते नेफ्स्कून स्थापना दिवसका अवसरमा लोकार्पण भएको सहकारी गीतको शब्द यहाँ प्रस्तुत गरिएको छः

साकोस गान

सहकारी अभियान उन्नतिको आधार हो
सबै अट्ने साझा थलो सिङ्गो परिवार हो ।।

थिए धर्म भकारी र गुठी लाखौ लाख देशमा
संस्कार थियो मिलापको एकता र विकासमा ।।

अमूल्य मूल्य देशको सगर्व सँधै रही रहोस्
मिलाई हातमा हात यी विचार एक रही रहोस् ।।

हजार गौँथली र यहाँ करोडौँ मौरी बन्नु छ
सँगाली बुँद बुँदले जिन्दगी यो बदल्नु छ ।।

साकोस क्रान्ति अघि बढोस् अघि अघि बढी नै रहोस् 
हिमाल पहाड तराईमा सबैतिर फैलिरहोस ।।

सिद्धान्त हाम्रा अमर रहून्, स्वप्नद्रष्टा अमर रहून्
वसुधैव कुटुम्बकम्, आदर्श अमर रहून् ।।

रचनाः प्रकाश भूर्तेल
सम्पादनः प्रा.डा. सुधन पौडेल र प्रा. केशव सुवेदी

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप