कैलालीमा सहकारीमा कार्यरत कर्मचारीहरुका लागि क्षमता विकास तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कैलालीमा सहकारीमा कार्यरत कर्मचारीहरुका लागि क्षमता विकास तालिम सम्पन्न 

कैलाली । कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोगमा सञ्चालित कर्मचारीको क्षमता विकास तालिम आइतबार सम्पन्न भएको छ ।

सिएमसी कैलालीका अध्यक्ष छबिलाल जैशीको सभापत्विमा भएको तालिमको उद्घाटन सत्रमा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा प्रमुख अतिथि रहनुभएको थियो भने नेफ्स्कूनका सञ्चालक तथा कञ्चनपुर फिल्ड व्यवस्थापन उपसमिति संयोजक माधव प्रसाद जोशी, विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि डगौराले सहकारी संस्थाहरुले सानो सानो पूँजी संकलन गरेर समाजलाई विकासको गतिमा अगाडि बढाउन भूमिका खेल्नुपर्ने बताउनुभयो । त्यसैगरी विशिष्ट अतिथि जोशीले सहकारी क्षेत्रलाई स्थानीय सरकारहरुले आवश्यक सहयोग तथा नियमनमा विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा टीकापुर नगर सहकारी सञ्जालका अध्यक्ष बद्रि प्रसाद भट्टराई, नेफ्स्कून धनगढी सेवा केन्द्र प्रमुख योगेश बोहोरा लगायतको उपस्थिति रहेको थियो ।

सिएमसी कैलालीका सचिव नरेन्द्र टमट्टाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष लालबहादुर भण्डारीले गर्नुभएको थियो । तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो । भाद्र १८ र १९ गते सञ्चालित तालिममा कैलाली जिल्लाभरबाट विभिन्न सहकारीका ३० जना व्यवस्थापक तथा सहायक स्तरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२२ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप