सहकारी संस्था एकीकरण प्रक्रियाका सम्बन्धमा विभागद्वारा ध्यानाकर्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी संस्था एकीकरण प्रक्रियाका सम्बन्धमा विभागद्वारा ध्यानाकर्षण

काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरुको एकीकरण प्रक्रियाका सम्बन्धमा आइतबार  सहकारी संस्थाहरुलाई ध्यानाकर्षण गराएको छ । विभागले सहकारी संस्थाहरुले एकीकरणका निश्चित प्रक्रिया अवलम्बन गरेर मात्रै एकीकरणमा जान निर्देशन गरेको हो । पछिल्लो समय एकपछि अर्को गरी सहकारी संस्थाहरुबीच एकीकरणको लहर चलेको भन्दै कानुनप्रदत्त प्रक्रिया अपचाएर मात्रै एकीकरणमा जान परिपत्रमार्फत ध्यानाकर्षण गराएको हो । 

सहकारी ऐनको २०७४ को दफा ८७, सहकारी नियमावली, २०७५ को नियम ३९ तथा सहकारी संस्थाको एकीकरण तथा विभाजन निदेर्शिका, २०७७ लाई परिपालना गरेर मात्र एकीकरण सम्बन्धी प्रक्रिया अघि बढाउन विभागले भनेको छ । 

त्यसैगरी एकिकरणपश्चात् बन्ने सञ्चालक समितिमा समोवशिता कायम हुनुपर्ने, २०४९ जेठ २ गते अगाडि खुलेका सहकारी भएमा मन्त्रालयको पूर्व स्वीकृति लिनुपर्ने र तदर्थ समिति गठन भएको मितिले ३ दिनभित्र सम्बन्धित नियामकीय निकायमा जानकारी पठाउनुपर्ने सूचनामा जनाइएको छ ।

सूचनामा एकीकरणका लागि न्यूनतम आवश्यकताका बुँदा, एकिकरणका सन्दर्भमा अवलम्बन गर्नुपर्ने स्वीकृति लिने प्रक्रिया, अन्तिम स्वीकृति र त्यसपछिका कार्यको सूचि नै समेटेर यस्तो सूचना जारी गरेको हो ।

एकिकरण प्रक्रियामा जाँदा त्यस सम्बन्धी गुनासो या उजुरी माग गरी १५ दिने सूचना प्रकाशन गर्नुपर्ने, एक भन्दा बढी जिल्ला कार्यक्षेत्र भए राष्ट्रि र स्थानीय स्तरको पत्रिकामा एक पटक सूचना गर्नुपर्ने, निर्धारित ढाँचामा नियामकीय निकायमा आवेदन दिनुपर्ने विषय उल्लेख गरिएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप