सिद्धि गणेश साकोसद्वारा मादल बजाउने तालिम सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धि गणेश साकोसद्वारा मादल बजाउने तालिम सञ्चालन 

भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको सेवाकेन्द्र व्यवस्थापन उपसमिति, तेखापुखुको आयोजनामा सञ्चालित एक महिने मादल बजाउने तालिम शनिवार (भाद्र २५ गते) सम्पन्न भएको छ । सदस्य र संस्था बीचको सम्बन्ध प्रगाढ बनाउन, मनोरञ्जन र स्वस्थ जीवनशैली विकास गर्न तथा संस्कृतिको जगेर्ना गर्न सकिने उद्देश्यले सञ्चालन गरिएको तालिममा ७ बर्षको बच्चादेखि ६० बर्षका बृद्धबृद्धा सम्मको सहभागिता रहेको थियो । एक महिने तालिममा सदस्यहरुको उत्साहजनक सहभागिता रहेको साकोसले जनाएको छ । 

संस्थाका अध्यक्ष राजन लाखाजुले संगीतको भाषा, वर्ण, जात र सीमाना नहुने र संगीतले मनोरञ्जनका साथसाथै स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने भएकोले मादल बजाउने तालिम पश्चात प्रशिक्षार्थीहरु साँस्कृति व्यक्ति भएको  र सँस्कृति जगेर्नाका लागि  महत्वपूर्ण भूमिका निभाउन सक्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले सहकारी संस्थाहरु समुदायमा स्थापना भई समुदायमै रही सञ्चालन हुने भएकोले सदस्य र संस्थाबीच सम्बन्ध प्रगाढ बनाउन विभिन्न कार्यक्रमहरु तथा तालिमहरुको आयोजना गर्नुपर्नेमा जोड दिनुहुँदै संस्थाले प्रदान गर्ने लाभांश र उपस्थिति खर्चको आधारमा नभई संस्थाले प्रदान गर्ने सेवा÷सुविधा तथा सदस्य केन्द्रीत कार्यक्रमहरुबाट संस्थाको मूल्याङ्कन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।  

तालिमको समापन गर्दै प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा साँसद सृजना सैंजुले सिद्धि गणेश साकोस एक वित्तीय संस्था भएतापनि यस संस्थाले रासायनिक मल वितरण मार्फत कृषि क्षेत्रमा, विभिन्न साँस्कृतिक तालिम मार्फत सँस्कृति जगेर्ना तथा सीपमूलक तालिमहरु मार्फत समुदायको आर्थिक स्तर विकासमा पुर्याएको योगदानको प्रशंसा गर्नुहुँदै भक्तपुर नगरको सहकारी अभियानबाट अरु संस्थाहरुले सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

एकमहिने तालिमका प्रशिक्षक राजकुमार मानन्धरले व्यक्ति अनुसार सिकाइ क्षमतामा फरक हुने तर देखासिकी र नक्कलले संगीतमा विद्या आर्जन गर्न सकिन्दैन भन्नुभयो । उहाँले मादलका ताल तथा बोलबारे सामान्य जानकारी दिनुहुँदै मादलमा बिशेषत ख्याली र झ्याली ताल बढी प्रचलित रहेको जानकारी दिनुभयो । 

संस्थाका व्यवस्थापक शिला गोसाईले हाल वित्तीय बजारमा सहकारी अभियानलाई दुरुत्साहित गर्ने नकारात्मक समाचारको बिगबिगी रहेको अवस्थामा पनि सिद्धि गणेश साकोसप्रति सदस्यहरुको विश्वासले हौसला दिएको र सिद्धि गणेश ऐन कानून तथा सुशासनमा आधारित रही सञ्चालित रहेकोले सदस्यले ढुक्ककासाथ संस्थामा आर्थिक कारोवार गर्न आग्रह गर्नुभयो । 

¬कार्यक्रमका सभापति एवं आयोजक उपसमितिका संयोजक पञ्चरत्न सैंजुले जिल्लाको पश्चिमी भेगका सदस्यहरुलाई सहज सेवा दिने उद्देश्यकासाथ २०६९ पुस २५ गते तेखापुखु सेवाकेन्द्रको स्थापना भएको र हालसम्म सेवाकेन्द्रबाट १ हजारभन्दा बढीले सदस्यता लिइसकेको जानकारी दिनुहुँदै तालिममा सहभागीहरुको उपस्थितिले आगामी दिनमा थप कार्यक्रमहरु सञ्चालन गर्न हौसला प्रदान गरेको बताउनुभयो । 

कार्यक्रममा प्रशिक्षार्थीद्वय शोभा बोहजु र रामकृष्ण मुलगुठीले तालिम सम्बन्धि आ–आफ्नो अनुभव आदान प्रदान गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उपसमितिका सचिव राधेश्याम सैंजुले गर्नुभएको थियो । तालिमका सहभागीहरुलाई प्रमुख अतिथि सैंजुले प्रमाणपत्र वितरण गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

पाठकबाट थप