‘सहकारीमा स्वस्थ वित्तीय अवस्था कायम गर्न स्तरीकरण कार्यक्रम अनिवार्य छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारीमा स्वस्थ वित्तीय अवस्था कायम गर्न स्तरीकरण कार्यक्रम अनिवार्य छ’

दाङ । घोराही नगरपालिकामा साकोसहरुका लागि स्तरीकरण कार्यक्रम सम्बन्धी अभिमुखीकरण सञ्चालन गरिएको छ । नेफ्स्कूनको आयोजनामा आज, भाद्र २६ गते आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमले पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसन र जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्सले बचत तथा ऋण सहकारी संस्थामा वित्तीय स्वस्थता कायम गर्न कसरी सहयोग पुर्याउँछ भन्ने विषयमा संघका सहायक कार्यकारी अधिकृत एवम् सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सीनाले सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रम दाङ फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य रमा आचार्यको अध्यक्षता, जिल्ला बचत संघका सचिव विमल अधिकारको आतिथ्यतामा सुरु भएको थियो । 

कार्यक्रमका अतिथि सचिव अधिकारीले हाल सहकारी क्षेत्रमा रहेका विद्यमान समस्या तथा चुनौती र अवसर बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले पछिल्लो समय सहकारी क्षेत्रमा जुन रुपले तरलता अभावको समस्या बढ्दै गएको छ, त्यसमा सहकारीका सञ्चालक तथा कर्मचारीको लापरवाहीले जथाभावी ऋण लगानीका कारण हुन गएको धारणा राख्नुभएको थियो । सहकारीमा स्वस्थ वित्तीय अवस्था कायम गर्न नेफ्स्कूनले सञ्चालनमा ल्याएका गुणस्तर सुनिश्चितताका कार्यक्रम महत्वपूर्ण रहने उहाँले स्पष्ट पार्नुभयो । जति पनि सहकारीमा समस्या देखिएको छ, ति अभियानको छत्र छायाँमा नपरेका सहकारीहरुमा देखिएको उहाँले चर्चा गर्नुभयो । 

कार्यक्रमका अध्यक्ष रमा आचार्यले केन्द्रीय संघद्वारा सञ्चालित गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा आवद्धता जनाई सहकारीले नीति, विधि र प्रविधिमा एकरुपता ल्याउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले नेफस्कूनले समय सापेक्ष आफ्ना सदस्यहरुका लागि बिभिन्न योजना बनाई संघ÷संस्थाको हितमा काम गरिरहेकोले अब केन्द्रीय संघको निर्देशन भन्दा बाहिर रहेर संस्था सञ्चालन गर्नु गलत हुने बताउनुभयो । 

संघका कार्यक्रम अधिकृत पवनजंघ मल्लले कार्यक्रममा शुभकामना मन्तब्य तथा कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।

सहजकर्ता गणेश प्रसाद तिमल्सिनाले कर्ब्स तथा प्रोबेसन कार्यक्रमको मोडालिटी र यि कार्यक्रमले साकोसहरुमा पार्ने प्रभाव तथा सकारात्मक सुधारका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रम सञ्चालन फिल्ड कार्यालय दाङका ईन्चार्ज बिष्णुदत्त जोशीले गर्नुभएको थियो भने ब्यवस्थापन फिल्ड कार्यालय सहायक प्रकाश लुहार र दिनेश महराले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप