चितवन, भाद्र २६ ।
सहकारी क्षेत्रका समसामयिक विषयहरुलाई लिएर नेफ्स्कूनले चितवनमा सदस्यहरुसँग अन्तरक्रिया साथै सुझाव संकलनको कार्य सुरु गरेको छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेफ्स्कूनका पदाधिकारी, सञ्चालक सदस्य, जिल्ला बचत संघ चितवनका अध्यक्ष, फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु, संघका प्रमुख कार्यकारी अधिकृत सहित २२ वटा बचत तथा ऋण सहकारी संस्थाबाट साकोस प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संघका अध्यक्ष पौड्यालले बचत तथा ऋण सहकारी अभियानको संक्षिप्त वित्तीय जानकारी सहित हाल सहकारी क्षेत्रमा विकसित भैरहेका घटनाक्रम, गतिविधि साथै आगामी दिनमा सहकारीका अवसर तथा चुनौतिका बारेमा धारणा राख्दै सहकारी अभियानलाई सफल गन्तव्य तर्फ पुर्याउन नेफ्स्कून चालेको पहलकदमीका बारेमा चर्चा गर्नुभएको थियो ।
सहकारी अभियानलाई बलियो बनाउन खुल्ला छलफलबाटै अन्तिम निश्कर्ष निकाल्नुपर्ने, स्थानीय सहकारीहरुको सुदृढीकरणका लागि बाह्य रुपमा प्रवेश भएका आगन्तुक सहकारीहरुलाई रोक्नुपर्ने, सहकारी सम्बन्धी विभिन्न तालिम तथा शिक्षाका कार्यक्रम मार्फत सदस्यहरुलाई सहकारी सम्बन्धमा सुसूचित गर्नुपर्ने, स्तरीकरण कार्यक्रममा आवद्ध संस्थाहरुको नियमित अनुगमन तथा निरीक्षणको कार्यलाई विस्तार गर्नुपर्ने लगायतका विषयमा सहभागी साकोसका अध्यक्षहरुले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
उहाँहरुले एशियाली ऋण महासंघले नेपालका सहकारी संस्थाहरुको ब्राण्डिङ गर्ने विषयलाई निरन्तरता दिनुपर्ने, सन्दर्भ व्याजदर बढ्ने वा घट्ने साथै सहकारी संस्थालाई समस्या परेको बखत केन्द्रीय संघले पूर्ण अभिभावकत्व ग्रहण गर्नुपर्ने जस्ता विषयहरु प्रति ध्यानाकर्षण गराउनुभएको थियो ।
सहकारीको आयकरको दरमा भएको बृद्धिलाई यथावत स्थितिमा ल्याउन अभियानले खेलेको भूमिकाको सहभागीहरुले स्वागत गरेका थिए ।
अन्तरक्रियाका क्रममा उठेका जिज्ञासाहरुको सम्बोधन गर्दै नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष शान्ति अधिकारी र प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले वर्तमान अवस्थामा सहकारी संस्थाहरुले जोखिम विश्लेषण गरि बचत तथा ऋणको मात्रालाई सन्तुलित बनाउने कुरामा विशेष जोड दिनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रम समापनका अवसरमा संघका अध्यक्ष परितोष पौड्यालले बढ्दै गएको आर्थिक मन्दी, तरलता संकट बाट संस्थालाई बचाई राख्नको लागि मुख्यतया संस्थागत पुँजीको वृद्धिमा जोड दिनुपर्ने कुरा राख्नु भयो । सहकारी संस्थालाई समस्या परेको बखत छाता संगठन नेफ्स्कूनले पूर्णत अभिभावकत्व बहन, आवश्यक नियमनको लागि नियमन निकायलाई खवरदारी गर्ने कुराको विश्वसनियता दिलाउँदै सहकारी संस्थाहरुलाई ढुक्क भएर वस्तु तथा सेवा, कार्यक्रम साथै प्रविधिमा प्रयोगमा ऐक्यबद्धता जनाउन आव्हान गर्नुभयो ।
२१ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
१२ दिन अगाडि
८ दिन अगाडि
७ दिन अगाडि
१५ दिन अगाडि
१३ दिन अगाडि
१३ दिन अगाडि
२ दिन अगाडि