सहकारीको विकासमा आधारशिला कार्यक्रम प्रभावकारी छ : नगरप्रमुख साह
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको विकासमा आधारशिला कार्यक्रम प्रभावकारी छ : नगरप्रमुख साह

जनकपुरधाम । नेफ्स्कून फिल्ड कार्यालय जनकपुरको आयोजनामा जनकपुरधाममा सञ्चालित लेखा व्यवस्थापन तालिम भाद्र २४ गते शुक्रबार सम्पन्न भएको छ । भाद्र २२ गतेदेखि सञ्चालित तालिममा २५ बचत तथा ऋण सहकारी संस्थाबाट २७ जनाको सहभागिता रहेको थियो । 

तालिमको समापन फिल्ड व्यवस्थापन उप समिति सदस्य गंगा बलम्पाकीको अध्यक्षता र जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहको आतिथ्यतामा भएको थियो । 

प्रमुख अतिथि नगर प्रमुख साहले  जनकपुरधाममा खराब सहकारीले गर्दा राम्रो सहकारीलाई पनि असर गरेको हुनाले अब जनकपुरधामका सबै सहकारी सुशासनमा चल्नुपर्नेमा जोड दिनुभएको थियो । 

उहाँले सहकारी सञ्चालनका क्रममा नीति र विधिको पालनालाई विशेष ध्यानदिनुपर्ने भन्दै नगरपालिकाले दश दिनभित्र सहकारीको नीति नियम र सञ्चालन प्रक्रिया प्रमाणित गर्न र कानुनको कार्यान्वयमा तीब्र रुपले लाग्न मार्गनिर्देशन गर्नुभएको थियो ।  

उहाँले नेफ्स्कूनले स्थानीय तहसँगको साझेदारीमा सञ्चालन गरेको आधारशिला कार्यक्रमको प्रशंसा गर्दै अब जनकपुरधाम उप महानगरपालिका पनि आधारशिला कार्यक्रममा सम्झौता गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 
नगरप्रमुख साहले यही दशै अगाडि नै आधारशिला कार्यक्रम अभिमुखीकरणका लागि उपप्रमुख, वडा अध्यक्ष र प्रशासकीय अधिकृत सँग छलफल गरी अगाडि बढ्ने बचनबद्धता समेत व्यक्त गर्नुभएको थियो । 

समापनका अवसरमा जनकपुरधाम उपमहानगरपालिका १० नं. वडाका वडाअध्यक्ष, जनकपुर फिल्ड व्यवस्थापन उप समिति सदस्य सुधिर कुमार पाण्डे, नविन कुमार कर्ण, विजय कुमार साह र बैष्णवी साकोसका कार्यकारी प्रमुख जयनाथ मण्डलको पनि उपस्थिति रहेको थियो । 

कार्यक्रममा वडा नं. १० का वडा अध्यक्ष, फिल्ड व्यवस्थापन उपस समिति सदस्य सुधिर कुमार पाण्डे र गंगा  बलम्पाकीले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो । 
तीन दिवसीय लेखा व्यवस्थापन तालिमको सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नु भएको थियो भने तालिमको व्यवस्थापन जनकपुरधाम फिल्ड कार्यालयले गरेको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

पाठकबाट थप