सहकारीको विकासमा आधारशिला कार्यक्रम प्रभावकारी छ : नगरप्रमुख साह
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको विकासमा आधारशिला कार्यक्रम प्रभावकारी छ : नगरप्रमुख साह

जनकपुरधाम । नेफ्स्कून फिल्ड कार्यालय जनकपुरको आयोजनामा जनकपुरधाममा सञ्चालित लेखा व्यवस्थापन तालिम भाद्र २४ गते शुक्रबार सम्पन्न भएको छ । भाद्र २२ गतेदेखि सञ्चालित तालिममा २५ बचत तथा ऋण सहकारी संस्थाबाट २७ जनाको सहभागिता रहेको थियो । 

तालिमको समापन फिल्ड व्यवस्थापन उप समिति सदस्य गंगा बलम्पाकीको अध्यक्षता र जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहको आतिथ्यतामा भएको थियो । 

प्रमुख अतिथि नगर प्रमुख साहले  जनकपुरधाममा खराब सहकारीले गर्दा राम्रो सहकारीलाई पनि असर गरेको हुनाले अब जनकपुरधामका सबै सहकारी सुशासनमा चल्नुपर्नेमा जोड दिनुभएको थियो । 

उहाँले सहकारी सञ्चालनका क्रममा नीति र विधिको पालनालाई विशेष ध्यानदिनुपर्ने भन्दै नगरपालिकाले दश दिनभित्र सहकारीको नीति नियम र सञ्चालन प्रक्रिया प्रमाणित गर्न र कानुनको कार्यान्वयमा तीब्र रुपले लाग्न मार्गनिर्देशन गर्नुभएको थियो ।  

उहाँले नेफ्स्कूनले स्थानीय तहसँगको साझेदारीमा सञ्चालन गरेको आधारशिला कार्यक्रमको प्रशंसा गर्दै अब जनकपुरधाम उप महानगरपालिका पनि आधारशिला कार्यक्रममा सम्झौता गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 
नगरप्रमुख साहले यही दशै अगाडि नै आधारशिला कार्यक्रम अभिमुखीकरणका लागि उपप्रमुख, वडा अध्यक्ष र प्रशासकीय अधिकृत सँग छलफल गरी अगाडि बढ्ने बचनबद्धता समेत व्यक्त गर्नुभएको थियो । 

समापनका अवसरमा जनकपुरधाम उपमहानगरपालिका १० नं. वडाका वडाअध्यक्ष, जनकपुर फिल्ड व्यवस्थापन उप समिति सदस्य सुधिर कुमार पाण्डे, नविन कुमार कर्ण, विजय कुमार साह र बैष्णवी साकोसका कार्यकारी प्रमुख जयनाथ मण्डलको पनि उपस्थिति रहेको थियो । 

कार्यक्रममा वडा नं. १० का वडा अध्यक्ष, फिल्ड व्यवस्थापन उपस समिति सदस्य सुधिर कुमार पाण्डे र गंगा  बलम्पाकीले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो । 
तीन दिवसीय लेखा व्यवस्थापन तालिमको सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नु भएको थियो भने तालिमको व्यवस्थापन जनकपुरधाम फिल्ड कार्यालयले गरेको थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप