सहकारी सिद्धान्तमा अब्बल बन्दै मोरङको शनिश्चरे साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी सिद्धान्तमा अब्बल बन्दै मोरङको शनिश्चरे साकोस

काठमाडौं । मोरङको पथरी शनिश्चरेमा अवस्थित शनिश्चरे बचत तथा ऋण सहकारी संस्था लि.को २१औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । साकोसका अध्यक्ष एकराज निरौलाको निरन्तरको मेहनत र परिश्रमले शनिश्चरे साकोसलाई प्रगतिउन्मुख बनाएको छ । २०५९ कात्तिक ३ गते स्थापना भएको शनिश्चरे साकोस पथरी बजारबाट करिब ५ किलोमिटर दक्षिणमा पर्छ । स्थानीय ग्रामिण समुदायमा केन्द्रीत सहकारी जसमा निम्न र मध्यम आय भएका सदस्यहरुको बाहुल्यता रहेको छ । विशेष गरी सुकुम्बासी क्षेत्रका समुदायको आवद्धता साकोसमा उच्च रहेको पाईन्छ । १ हजार ५ सय ४६ सदस्य रहेको साकोसको कुल कारोबार करिब ६ करोड ५० लाख पुगेको छ । 

जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा समेत आवद्ध पथरी शनिश्चरे साकोस वित्तीय कारोबारमा सानो भएपनि सहकारीको सिद्धान्त, नीति र विधिको परिपालनामा भने अब्बल छ । विभिन्न समिति उपसमिति निर्माण गरी नीति तथा कार्यविधि मार्फत मात्रै सहकारी सञ्चालन र वित्तीय कारोबार सम्बन्धी निर्णय गर्ने गरिएको साकोसका अध्यक्ष निरौलाले जानकारी दिनुभयो । 
सहकारी सिद्धान्तमा अब्बल शनिश्चरे साकोसलाई मोरङ जिल्ला बचत संघले उत्कृष्ठ सहकारीमा सम्मानित समेत गरिसकेको छ । 

धेरै सदस्य र वृहत्त पुँजी संकलन गरेका केही सहकारीहरुमा पछिल्लो समय देखिएको वित्तीय अपचलन विषयका समाचाहरुले प्रमुखता पाइरहेका अवसरमा शनिश्चरे साकोसको कछुवा गति र सहकारी सिद्धान्तको असल अभ्यासले वास्तविक सहकारीको पहिचान स्थापित गराउन सफल भएको छ । स्थानीय समुदाय र सदस्यको सुख दुःखको साथी भएर शनिश्चरेले असल छवि स्थापित गरेको छ भने सदस्यहरुको वित्तीय आवश्यकता पनि बखुवी निभाएको छ । 

शनिश्चरे साकोसको विकास र प्रवद्र्धनका लागि लगातार १६ बर्षदेखि विभिन्न पदमा रहेर नेतृत्व सम्हाल्दै आउनुभएका एकराज निरौलाले नेतृत्व हस्तान्तरण गदै नयाँ नेतृत्वलाई अभिभावकत्व प्रदान गर्ने बचनबद्धता व्यक्त गर्नुभएको छ । ३ कार्यकाल अध्यक्षको जिम्मेवारीमा रहि साकोसलाई नीति, विधि, प्रविधि र पद्धतिमा हिडाउँन गरेका अथक प्रयासलाई जोगाउँदै संस्थालाई गतिशिलता र उर्जा प्रदान गर्न उर्जाशिला नयाँ नेतृत्व र युवा जोससहितको सञ्चालक समिति स्थापित भएकोमा सुखानुभूति भएको उहाँले स्पष्ट पार्नुभएको छ ।  अध्यक्ष निरौला जिल्ला बचत संघ मोरङको सचिव हुनुहुन्छ भने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को उद्यमशीलता उसमिति सदस्य समेत हुनुहुन्छ । 

२१औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक र लेखा समिति

शनिश्चरे साकोसको भाद्र २५ गते शनिबार सम्पन्न २१औं बार्षिक साधारणसभाले खगेन्द्र प्रसाद दाहालको अध्यक्षतामा १२ सदस्यीय सञ्चालक समिति र मान बहादुर गुरुङको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा (खुल्ला) दिपेन्द्र पाण्डे, (महिला) उपाध्यक्ष तुलसा न्यौपाने, सचिव थानेश्वर भट्टराई, सहसचिव पवित्रा ओडारी, कोषाध्यक्ष महेन्द्र बहादुर कार्की, सदस्यहरुमा विष्णु अधिकारी (खुल्ला) , टेकबहादुर थापा, ज्ञानेन्द्र दाहाल, बसन्त तामाङ,  सदस्य (महिला) मञ्जु फुयाल उप्रेती, विन्दा भट्टराई न्यौपाने, विन्दा गौतम पौडेल रहनुभएको छ । त्यसैगरी लेखा सुपरिवेक्षण समिति तर्फ संयोजक मान बहादुर गुरुङ र सदस्यहरुमा भवनाथ पोख्रेल र अमृता तामाङ चयन हुनुभएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप