साकोसका अध्यक्षहरुसँग सहकारीका समसामयिक विषयमा अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसका अध्यक्षहरुसँग सहकारीका समसामयिक विषयमा अन्तरक्रिया

हरिवन । सर्लाही र रौतहटमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षहरुसँग सहकारीका समसामयिक विषयहरुमा अन्तरक्रिया गरिएको छ । नेफ्स्कूनका सञ्चालक सदस्य एवम् सर्लाही फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक गोमा नेपालको अध्यक्षतामा भाद्र २३ गते सञ्चालित कार्यक्रममा जिल्ला बचत संघ रौतहटकी अध्यक्ष देवकी नेपाल, जिल्ला बचत संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, फिल्ड व्यवस्थापन उपसमिति सदस्य विभु कुमार पोखरेल, जिल्ला वचत संघ रौतहटका कोषाध्यक्ष, जिल्ला बचत संघ सर्लाहीका कोषाध्यक्ष मन्दिरा आचार्य लगायत दुवै जिल्लाबाट गरी ३६ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

नेफ्स्कूनका सञ्चालक गोमा नेपालले सहकारीका समसामयिक विषय, सहकारी अभियानमा देखिएको तरलता अभावको अवस्था, तरलता अभावको समस्या समाधानका रणनीतिक उपायहरु, नेफ्स्कूनको सेवा तथा व्यवसाय, सहकारी विभागबाट जारी भएका मार्गदर्शन तथा निर्देशनहरुका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

नेफ्स्कून सर्लाही फिल्ड व्यवस्थापन उपसमिति सदस्य विभु कुमार पोखरेलले स्वागत मन्तव्य राख्नुभएको  उक्त कार्यक्रममा जिल्ला बचत संघ रौतहटकी अध्यक्ष देवकी नेपाल र सर्लाही जिल्ला बचत संघका अध्यक्ष बाबुराम घिमिरेले सहकारी क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या, तरलता अभावको अवस्था र समाधानका उपायहरुका बारेमा आआफ्नो धारणा राख्नुभएको थियो । त्यसैगरी सर्लाही जिल्ला बचत संघकी कोषाध्यक्ष मन्दिरा आचार्यले पनि सहकारी सञ्चालनमा ध्यानदिनुपर्ने सुशासनका सवालहरुको विषयमा जानकारी गराउनुभएको थियो । 

अन्तरक्रियाका क्रममा सहभागीहरुले राख्नुभएको जिज्ञासाको सम्बोधन सहजकर्ता गोमा नेपालले गर्नुभएको थियो । सहभागीहरुको तर्फबाट नवविकास साकोस रौतहटका व्यवस्थापक यज्ञ प्रसाईंले सहकारीको असल अभ्यास सम्बन्धी आफ्नो अनुभव सुनाउनुभएको थियो । 

कार्यक्रमको सञ्चालन सर्लाही फिल्ड कार्यालयका इन्चार्ज महेश वरालले गर्नुभएको थियो ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप