साकोसका अध्यक्षहरुसँग सहकारीका समसामयिक विषयमा अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसका अध्यक्षहरुसँग सहकारीका समसामयिक विषयमा अन्तरक्रिया

हरिवन । सर्लाही र रौतहटमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षहरुसँग सहकारीका समसामयिक विषयहरुमा अन्तरक्रिया गरिएको छ । नेफ्स्कूनका सञ्चालक सदस्य एवम् सर्लाही फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक गोमा नेपालको अध्यक्षतामा भाद्र २३ गते सञ्चालित कार्यक्रममा जिल्ला बचत संघ रौतहटकी अध्यक्ष देवकी नेपाल, जिल्ला बचत संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, फिल्ड व्यवस्थापन उपसमिति सदस्य विभु कुमार पोखरेल, जिल्ला वचत संघ रौतहटका कोषाध्यक्ष, जिल्ला बचत संघ सर्लाहीका कोषाध्यक्ष मन्दिरा आचार्य लगायत दुवै जिल्लाबाट गरी ३६ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

नेफ्स्कूनका सञ्चालक गोमा नेपालले सहकारीका समसामयिक विषय, सहकारी अभियानमा देखिएको तरलता अभावको अवस्था, तरलता अभावको समस्या समाधानका रणनीतिक उपायहरु, नेफ्स्कूनको सेवा तथा व्यवसाय, सहकारी विभागबाट जारी भएका मार्गदर्शन तथा निर्देशनहरुका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

नेफ्स्कून सर्लाही फिल्ड व्यवस्थापन उपसमिति सदस्य विभु कुमार पोखरेलले स्वागत मन्तव्य राख्नुभएको  उक्त कार्यक्रममा जिल्ला बचत संघ रौतहटकी अध्यक्ष देवकी नेपाल र सर्लाही जिल्ला बचत संघका अध्यक्ष बाबुराम घिमिरेले सहकारी क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या, तरलता अभावको अवस्था र समाधानका उपायहरुका बारेमा आआफ्नो धारणा राख्नुभएको थियो । त्यसैगरी सर्लाही जिल्ला बचत संघकी कोषाध्यक्ष मन्दिरा आचार्यले पनि सहकारी सञ्चालनमा ध्यानदिनुपर्ने सुशासनका सवालहरुको विषयमा जानकारी गराउनुभएको थियो । 

अन्तरक्रियाका क्रममा सहभागीहरुले राख्नुभएको जिज्ञासाको सम्बोधन सहजकर्ता गोमा नेपालले गर्नुभएको थियो । सहभागीहरुको तर्फबाट नवविकास साकोस रौतहटका व्यवस्थापक यज्ञ प्रसाईंले सहकारीको असल अभ्यास सम्बन्धी आफ्नो अनुभव सुनाउनुभएको थियो । 

कार्यक्रमको सञ्चालन सर्लाही फिल्ड कार्यालयका इन्चार्ज महेश वरालले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२२ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप