शुभकामना साकोसको २२औ वार्षिक साधारणसभा सम्पन्नः सदस्यलाई १५ प्रतिशत लाभांश 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शुभकामना साकोसको २२औ वार्षिक साधारणसभा सम्पन्नः सदस्यलाई १५ प्रतिशत लाभांश 

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्था लि. सूर्यबिनायक ६ भक्तपुरको २२औ वार्षिक साधारणसभा संस्थाका सल्लाहकार एवं पूर्व लेखा समिति सदस्य तथा संस्थापक र जेष्ठ सदस्य बेलभक्त कोजूको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको सभापतित्वमा भाद्र २५ गते शनिबार सम्पन्न भएको छ । 

प्रमुख अतिथी कोजूले संस्था स्थापनाकालको संघर्षलाई स्मरण गदैै हालको सफलता प्रति खुशी र आगामी दिनमा थप सफलताको कामना गर्नुभयो । 

राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.बी.उप्रेतिले हाल सहकारी क्षेत्रमा नीति र विधि अन्तर्गत सञ्चालित सहकारीहरुमा कुनै समस्या नरहेको तथा व्यक्तिगत मनोमानी तरिकावाट सञ्चालित सहकारीहरुमा समास्याहरु आईरहेकोले चनाखो भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । सोही सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का सञ्चालक जनक खत्री, जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष केदार खड्का तथा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति संयोजक बालमुुकुन्द उपाध्यायले शुभकामना मन्तव्य राख्नु भएको थियो । सभामा यस आ.ब.का उत्कृष्ट बचतकर्ताहरु, असल ऋणीहरु, कक्षा ८, एस.ई.ई., र १२ कक्षा उत्रिर्ण बालबचतकर्ताहरु तथा जेष्ठ सदस्यहरुलाई सम्मान गर्नुका साथै पुरस्कृत गरिएको थियो । 

सभामा संस्थापक अध्यक्ष स्व. कृष्णप्रसाद सुवालको तस्वीरमा माल्यार्पण गरी आ.ब.२०७८।०७९ मा दिवांगत भएका सदस्यहरुको सम्झनामा १ मिनेट मौन धारण गरि शुुरु भएको सभामा उपाध्यक्ष एवं साधारण सभा तयारी समितिका संयोजक निर्मला सुवालले स्वागत गर्नु भएको थियो । सभाले आ.ब.२०७८।०७९ को शेयर लाभांश १५ प्रतिशत बितरण प्रस्ताव पास गर्नुका साथै संस्थाका सचिव पुष्पलाल तिमिलाले प्रस्तुत गर्नु भएको  आ.ब.२०७८।०७९ का बिभिन्न कार्यक्रमहरु तथा आगामी बर्षको नीति तथा कार्यक्रम र कोषाध्यक्ष बलराम श्रेष्ठले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन र आगामी बर्षको अनुमानित बजेट लगायतका निर्णयहरु गरेको थियो । उक्त संस्था एशियाली ऋण महासंघ (अक्कू) वाट ऐक्सेस सिल्भर ब्राण्ड २०१६ र २०१७ प्राप्त गर्न सफल समुदायमा आधारित संस्था हो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप