ज्ञानज्योती महिला उत्थान साकोसको २० औं वार्षिक साधारणसभाः फोटोफिचर 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ज्ञानज्योती महिला उत्थान साकोसको २० औं वार्षिक साधारणसभाः फोटोफिचर 

काठमाडौँ । ज्ञानज्योती महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि. को २० औं वार्षिक साधारणसभा भदौ २४ गते सम्पन्न भएको छ ।

साधारणसभा समारोहमा साकोसकी अध्यक्ष बिना बुधाचार्यको अध्यक्षता,  वागमती प्रदेशका संस्कृती तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता, कास्कूनका सचिव शालिकराम पुडासैनी, नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् प्राचार्य सञ्जयराज तिमिल्सीना लगायतको आतिथ्यता रहेको थियो । 

सभामा संस्थाकी कोषाध्यक्ष कविता राईले संस्थाको वित्तीय विवरण तथा भावी कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो सचिव जेनिता राईले संस्थाको आर्थिक वर्ष ०७८/०७९ को प्रगती प्रतिवेदन तथा ०७९/८० को प्रस्तावित नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो । 

साकोसले आर्थिक वर्ष ०७८/०७९ मा १ करोड ८८ लाख ४३ हजार ९ रुपैयाँ शेयर पुँजी तथा १३ करोड ४३ लाख ४७ हजार ६ सय ८२ रुपैयाँ बचत पुर्याएको कोषाध्यक्ष राईले जानकारी गराउनुभयो । त्यसैगरी साकोसको १ करोड ८ लाख ९० हजार ३ सय १३ रुपैयाँ जगेडा कोषमा रहेको पनि उहाँले बताउनुभयो । सभाले सदस्यलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव समेत पारित गरेको जनाएको छ । साधारणसभामा विविध विधामा उत्कृष्ट सेयर सदस्य, बाल बचतकर्ता तथा उद्यमी महिलाहरुलाई सम्मानित गरिएको थियो । 

साकोसमा हाल १ हजार ५ सय १५ जना सेयर सदस्य रहेका छन् । नेफ्स्कूनद्वारा सञ्चालित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनमा आवद्ध ज्ञानज्योति महिला उत्थान साकोसले महिला उद्यमशिलता विकासका क्षेत्रमा महत्वपूर्ण कामहरु गर्दै आइरहेको छ । साकोसले सदस्य शिक्षा र तालिमका कार्यक्रमहरुलाई पनि नियमित वार्षिक योजना अन्तर्गत राखेर गर्ने गरेको जनाएको छ । साकोसकी अध्यक्ष विना बुधाचार्य महिला विकास तथा सशक्तिकरणको क्षेत्रमा समेत क्रियाशिल व्यक्तित्व हुनुहुन्छ । 

सभामा कास्कूनका सचिव पुडासैनी र नेफ्स्कूनका प्राचार्य तिमिल्सीनाले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप