सयपत्री नारी विकासको अविश्रामित विकास यात्रा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सयपत्री नारी विकासको अविश्रामित विकास यात्रा 

सुनसरी । धरानस्थित सयपत्री नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अविश्रामित विकास यात्रा थालनी गरेको छ । २०५८ सालमा २८ जना सेयर सदस्यहरुबाट सुरु भएको सयपत्री नारी विकासले निरन्तर विकासको सिंढी उक्लिरहेको छ । साकोसमा हाल ९ सय २५ सेयर सदस्य छन् । व्यवस्थापक अमृता राईले साकोसको २१औं वार्षिक साधारणसभाका अवसरमा आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै ३३ लाख ५० हजार ७ सय ९४ रुपैयाँ खुद बचत भएको जानकारी गराउनु भयो । साकोसको कुल बचत निक्षेप ७ करोड ७३ लाख २० हजार ६३१ रुपैयाँ र कुल चुक्ता शेयर पँुजी १२ करोड ५५ लाख ६९ हजार रुपैयाँ रहेको बताउनुभयो ।  

साधारणसभाको उद्घाटन साकोसकी जेष्ठ सेयर सदस्य (७९ वर्ष) बाल कुमारी भट्टराईको हातबाट भएको थियो । कार्यक्रममा प्रदेश नं. १, सहकारी संघ की उपाध्यक्ष सारदा थापा मगर, धरान उपमहानगरपालिका वडा नं. १२ कि नगरसभा सदस्य चुन्नु थापा मगर (सस्थाकी पुर्व अध्यक्ष), नगरसभाका जनप्रतिनिधि झरना मुखिया, शान्ती त्रीखत्री, साकोसका पूर्व अध्यक्षहरु सीता दाहाल, रेणुका शाक्य लगायत करिब ५०० सेयर सदस्यहरुको उपस्थिति रहेको थियो । 

साकोसकी अध्यक्ष रिता दाहालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्य राहत योजना अनुरुप १२ प्रतिशतमा स्कुटी लोनको अवधारणा ल्याएको बताउनु भयो । उहाँले मृत्यु राहत स्वरुप बाल सदस्यको मृत्यु भए ५ हजार रुपैयाँ सेयर सदस्यको पतिको मृत्यु भएमा १० हजार रुपैयाँ र सेयर सदस्य कै मृत्युु भएमा २५ हजार रुपैयाँ परिवारलाई प्रदान गरिदै आएको बताउनु भयो । त्यसैगरी यसै आर्थिक बर्ष देखि लागू हुने गरि क्यान्सर, मृगौला, मुटु र पक्षघात पीडित सेयर सदस्यलाई औषधि उपचारको लागि सहयोग पुगोस भन्ने हेतुले १५ हजार रुपैयाँ सहयोग गरिने निर्णय साधारणसभाले पारित गरेको अध्यक्ष दाहालले प्रस्तुतीका क्रममा जानकारी गराउनुभयो । 

साकोसको सञ्चालक समिति र व्यवस्थापन टिम साकोसको विकास र सुदृढीकरणका लागि निरन्तर क्रियाशिल रहँदै आएको र यसमा प्रत्यक्ष साथ सहयोग सेयर सदस्यहरुको रहेको अध्यक्ष दाहालले बताउनुभयो । 

साधारणसभाका अवसरमा साकोसले यस असार मसन्तमा ७० बर्ष पुगेका २ जेष्ठ सेयर सदस्यलाई सम्मान गर्दै १४ जना जेष्ठ सेयर सदस्यहरुलाई सयपत्री भत्ता प्रदान गरेको थियो । लगनशील ब्यवसायी, उत्कृष्ट ऋणी लगायतका विभिन्न ५ विधामा १४ जानालाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । सेयर सदस्यका छोरा छोरी मध्ये एस.इ.इ.मा उत्कृष्ठ अङ्क प्राप्त गर्ने ४ जना विद्यार्थीलाई  पनि नगद सहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।  

सञ्चालक समिति चयन

साकोसको सातौं अधिवेशनबाट कमला खनाल भट्टराई को अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति र प्रमिला दाहालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा शुष्मा शाक्य र सदस्यहरुमा उर्मिला लिम्बु, राधिका लिम्बू, एलिसा दहाल, इन्दिरा ओझा, सिमा खत्री चयन हुनुभएको छ । 

त्यसैगरि लेखा सुपरिवेक्षण समिति संयोजक प्रमिला दाहाल, सदस्यहरु सबित्री राई र सर्मिला लुङेली सहितको ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन भएको छ ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२२ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप